उत्तम शान्ति पुरस्कार’ पूर्वमन्त्री शर्मालाई

उत्तम शान्ति पुरस्कार’ पूर्वमन्त्री शर्मालाई

काठमाडौं : २०७४ सालको ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ।  ताम्रपत्र र नगद ५० हजार राशिको यो पुरस्कार २०४४ सालदेखि प्रदान गरिँदै आइएको छ। उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ। शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो। 

पुरस्कार ग्रहण गरेपछि पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माले जीवनको उत्तराद्र्धको समय पूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित भएको सुनाए। 

कुँवरले २०१७ सालको को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’ नामक साहित्यिक पत्रिका सुरु गरेको उनले सुनाउ। कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी, प्रा गोपीकृष्ण शर्मा, गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिना, सचिव ठाकुरप्रसाद पराजुली, कोषाध्यक्ष सुदीप ठाकुरलगायतले स्वर्गीय कुँवरले साहित्यिक पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गरे।

स्व कुँवरलाई ’स्रष्टा र साहित्य’ नामक कृतिका लागि मदन पुरस्कारसमेत दिइएको सो अवसरमा जानकारी गराइयो। उनको निधनपछि श्रीमती शान्ति कुँवरले रुपरेखालाई निरन्तरता दिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.