धरहरा क्षेत्रका पसल र रेस्टुरेन्टमा डोजर चल्यो  (फोटो फिचर)

धरहरा क्षेत्रका पसल र रेस्टुरेन्टमा डोजर चल्यो  (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिकाले शनिबार धरहरा क्षेत्रका पसल तथा रेस्टुरेन्टमा डोजर चलाएको छ। शुक्रबारको नगर कार्यपालिकाको निर्णयअनुसार शनिबार धरहरा क्षेत्रमा रहेका पसल र रेस्टुरेन्ट रहेका टहरा डोजरले भत्काएको हो।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको शुक्रबारको निर्णयमा भनिएको थियो, ‘कार्यपालिकाको निर्णय अनुसार धरहरा परिसरमा भाडामा लगाइएका सम्पूर्ण सटर टहरा तथा रेस्टुरेन्टका भौतिक संरचना २४ घण्टाभित्र भत्काइ खाली गर्ने भन्ने समेत निर्णय भएको हुँदा तपाईंद्वारा संचालित तपाईंको स्वामित्वको पसलका सामानहरु २४ घण्टाभिै हटाई खाली गर्न सहयोग गर्नुहोला।’ 

साइड वाकर्श ट्रेडर्स प्रालिसँग  धरहरा सञ्चालन व्यवस्थापन प्रयोजनार्थ भएको सम्झौता २०७२ वैशाख १२ को भूकम्पले धरहरा ध्वस्त भएको हुँदा उक्त सम्झौता पूर्ण रुपले स्वतः समाप्त भएको जानकारी समेत महानगरपालिकाको नगर कार्यपालिकाले गराएको थियो। धरहरा पुननिर्माणका लागि टेन्डर आहवान भएपछि टहरा भत्काएको महानगरपालिकाले जनाएको छ। 

तस्बिर सौजन्य : चन्द्रमणि भट्टराई 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.