बसले मोटरसाइकललार्इ ठक्कर दिँदा दुर्इको मृत्यु, अन्य दुर्इ गम्भीर

बसले मोटरसाइकललार्इ ठक्कर दिँदा दुर्इको मृत्यु, अन्य दुर्इ गम्भीर

दमौली: पृथ्वी राजमार्गको व्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

डुम्रेबाट दमौली आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई पोखराबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । 

दुर्घटनामा ज्यान जानेहरुमा वीररगन्ज पटौरा सुगौली निवासी अन्दाजी १८ वर्षका राजा राय र धिरज चौधरी छन् । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । 

घाइते त्यही ठाउँका भोला चौधरी र सन्जय चौधरीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरीका अनुसार डुम्रेस्थित एक हार्डवयरमा कार्यरत साथीकहाँ बिदा मनाउन आएका उनीहरु एउटै मोटरसाइकलमा सवार थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.