खोडपे बजारमा पार्किङ निषेध

खोडपे बजारमा पार्किङ निषेध

बैतडी : गाडी पार्किङले सडक दुर्घटना हुन थालेपछि बैतडीको खोड्पे बजारमा गाडी पार्किङ निषेध गरिएको छ। बजार व्यवस्थापन समिति, प्रहरी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले बजार क्षेत्रमा गाडी पार्किङ गर्न निषेध गरेको हो। शुक्रबारमात्रै बसको ठक्करबाट खोड्पेमा एकजना गम्भीर घाइते भएपछि बजारमा गाडी पार्किङ गर्न नदिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए।

उनले भने ‘बजार क्षेत्र आँफैमा भीडभाड हुने क्षेत्र हो। त्यसमा खोडेपे बजारमा बझांङ, दार्चुला र बैतडीबाट गएका गाडी र तराईबाट पहाड आउने गाडी जमा हुन्छन्। त्यसले सडक दुर्घटनाको जोखिम बढाएको छ। हामीले सडकमा कसैले गाडी पार्किङ गरेमा कारवाही गर्ने भनेका छौं।’

खोड्पेमा मात्रै होइन जिल्लाका अन्य बजार क्षेत्रमा गाडी पार्किङमा रोक लगाएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले भने ‘बजार क्षेत्रमा यातायात व्यवसायीहरुले पनि सम्वेदनशील भईदिनु प¥यो। दुर्घटनामा भईसकेपछि पश्चाताप गर्नुभन्दा दुर्घटना हुन नदिने उपाय अपनाउनु राम्रो कुरा हो। त्यसैले हामीले बजार क्षेत्रमा सवारीसाधनका कारण हुने दुर्घटना न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिहरुसंग मिलेर काम गरिरहेका छौं।’

खोड्पेमा बजार क्षेत्रमा पार्किङ निषेध गरिएसंगै बसपार्कमा सवारी साधन पार्किङ गर्न थालिएको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले बताए। उनले भने ‘खोड्पेबाट छुट्ने जीपहरुलाई सडकभन्दा अलि पर समयका हिसाबले रोक्न दिने गरेका छौं। अरु गाडीहरुलाई बसपार्कमा पार्किङ गर्न लगाएका छौं। बजार क्षेत्रमा सवारी साधनको चापले दुर्घटना हुन थालेपछि यस्तो गरेका हौं।’

यस्तै सडकसंग जोडेर राखिएका खोका छाप्रा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ। खोका छाप्राका कारणले पनि दुर्घटना हुने भएकाले खोका छाप्रा हटाउने अभियान थालिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.