विश्वकपमा सहभागी ३२ टोलीको आआफ्नै उपनाम

विश्वकपमा सहभागी ३२ टोलीको आआफ्नै उपनाम

मस्को : रुसमा १८ दिनपछि सुरु हुने २१औं संस्करणको विश्वकप फुटबलको माहोल तात्दै गर्दा विश्वकपमा सहभागी टोलीको उपनाम (निकनेम) समेत बाहिर आएको छ । पहिलोपटक विश्वकपमा सहभागी ३२ टोलीलाई आयोजकले उपनामले समेत परिचित गराउन लागको हो ।

 विश्वकपमा सहभागीमध्ये अर्जेन्टिनाले ह्वाइट एन्ड स्काई ब्लु, अस्ट्रेलियाले द सकरोज, बेल्जियमले रेड डेभिल्स, ब्राजिलले द सेलेक्सन, कोलम्बियाले द कफी ग्रोवर्स, कोस्टारिकाले कोस्टारिका नेटिभ्स, क्रोयसियाले द ब्लाजर्स, डेनमार्कले डानिस डायनामिट र इजिप्टले द फरावस्को उपनाम पाएको छ ।

यसैगरी इङ्ल्यान्डले द थ्री लायन्स, फ्रान्सले द ब्लु, साविक विजेता जर्मनीले द टिम, आइसल्यान्डले आवर ब्वाइज, इरानले द लाइन्स अफ पर्सिया, जापानले सामुराई ब्लु, दक्षिण कोरियाले एसियन टाइगर, म्याक्सिकोले इल त्रिकोलोर, मोरोक्कोले एट्लास लायन, नाइजेरियाले द सुपर इगल्स, पानामाले द रेड टाइड, पेरुले लस इनकास, पोल्यान्डले द पुलिस इगल्स, पोर्चुगलले टिम अफ द कास्टलेस, आयोजक रुसले टिम र साउदी अरेबियाले द ग्रिन फाल्कोन्स उपनाम पाएको छ । 

यसैगरी सेनेगललाई द लायन्स अफ तेरांगा, सर्वियालाई द इगल्स, स्पेनलाई द रेड फुरी, स्विडेनलाई द ब्लु एन्ड एलो, स्विटजरल्यान्डलाई द रेड क्रुसाडर, ट्युनिसियालाई द इगल्स अफ कार्टेज र उरुग्वेलाई अ वारियर ट्रिब इन उरुग्वे उपनाम दिइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.