विश्वकप खेलाइने रंगशाला 'भोल्गोग्राड एरेना'

विश्वकप खेलाइने रंगशाला 'भोल्गोग्राड एरेना'

राजधानी मस्कोदेखि नौ सय ४१ किलोमिटर टाढा भोल्गोग्राड सहरको केन्द्र भागमा अवस्थित भोल्गोग्राड एरेना रुस विश्वकपका खेल खेलाइने स्टेडियमहरू मध्येको एक हो । यस अघिबाटै प्रयोगमा ल्याइए पनि भोल्गोग्राड स्टेडियमलाई रुस विश्वकपकै लागि तयार पारिएको हो । 

झन्डै ४६ हजार दर्शक अट्ने स्टेडियम रुस विश्वकपपछि एफसी रोटोरले आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ । सुविधासम्पन्न स्टेडियमको भीआईपी बक्समा मात्रै ६ सय ४० तथा त्यसबाहेक चार सय ६० सिट राखिएका छन् । स्टेडियमको मिडिया बक्समा २२ सय ८० सिट राखिएका छन् ।

 शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि मात्रै २४ सहित ४२ वटा इलिभेटर राखिएको स्टेडियममा फिफाले तोकेका सबै मापदण्ड पूरा गरिएका छन् । प्रतियोगिता सुरु हुने समयसम्म स्टेडियममा हुनसक्ने सम्भावित झडप वा कुनै पनि प्रकारका आक्रमणको समेत संकेत दिने ‘अलाम’ जोडिने रुस विश्वकपको मुख्य आयोजक समितिले जनाएको छ । भोल्गोग्राड स्टेडियममा रुस विश्वकपका चार खेल खेलाइनेछ । जुन १८ मा समूह ‘जी’अन्तर्गत इङ्ल्यान्ड र ट्युनिसियाले भोल्गोग्राड स्टेडियममा पहिलो खेल खेल्नेछन् ।

 त्यसपछि जुन २२ मा समूह ‘डी’अन्तर्गत नाइजेरिया र आइसल्यान्डले, जुन २५ मा समूह ‘ए’अन्तर्गत साउदी अरेबिया र इजिप्ट तथा जुन २८ मा समूह ‘एच’अन्तर्गत पोल्यान्ड र जापानले भोल्गोग्राडमा खेल खेल्नेछन् । रुसले भोल्गोग्राड स्टेडियम निर्माण गर्न १७ बिलियन रकम खर्च गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.