नीतिमा स्पष्टता कायम हुन्छ : पोखरेल

नीतिमा स्पष्टता कायम हुन्छ : पोखरेल

काठमाडौं : रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको लक्ष्य ‘सम्वृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरेका छन्। सरकारको लक्ष्यलाई सहयोग पुग्ने कार्यक्रम जनताको तहबाट आउन सके त्यसलाई आफुहरुले सद्धैव सम्मान गर्ने उनको भनाई थियो।

काठमाडौं निर्वाचन क्षेत्र नं। ५ स्थित भद्रकाली कृषि सहकारी संस्थाको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले आत्मनिर्भर हुने कार्यक्रम र योजना ल्याए सरकारले सहयोग गर्ने तत्पर रहेको बताए। ‘सानो योजना र कार्यक्रमको प्रस्तावसहित आउनुस्, रोजगारी सिर्जना गर्ने कार्यक्रम बनाउनुस्, सरकार त्यसमा सघाउन तयार छ,’उनले भने– ‘खाली गनगन गर्ने हिसावले मात्रै प्रस्तुत नहुनु होला, केही न केही आत्मनिर्भर हुने कार्यक्रम र योजना बनाएर आउनुहोस्, मेरो तर्फबाट पनि तपाईहरुलाई सद्धैव सहयोग हुन्छ।’ 

सरकारको अहिलेको यो वृहत्त उद्देश्यमा कतै नीति, कानुन, कार्यक्रम र योजना बाधा भएको भए सच्चाएर अघि बढ्ने पनि उनले उल्लेख गरे। विकासको काममा अस्पष्टता र अन्यौलता उत्पन्न भएको उदाहरण प्रस्तुत गर्दै रक्षामन्त्री पोखरेलले भने–‘अहिले कस्तो छ भने बाटो भत्कियो भने नगरपालिकालाई भन्ने कि उपत्यका विकास प्राधिकरणलाई सोध्ने कि वा सडक विभाग कहाँ गुनासो गर्न भन्ने अन्यौलता छ रु अब नीतिमा स्पष्टता कायम गरिन्छ।’ 

उनले संरचनाको गन्जागोलले आर्थिक विकास र संमृद्विमा समस्या पैदा भएको दावी गर्दै आर्थिक विकास र संमृद्वि जीवनमा लागू गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरे। 

सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै मन्त्री पोखरेलले सहकारीले धेरैलाई आत्मनिर्भर बनाएको बताए। उनले भने,‘सामूहिक ढंगले मिलेर काम गर्नुस्, व्यवसाय फस्टायो भने अलि ङारङार ङुरङुर गर्न प्रवृत्ति त्याग्नुस्। मिलेर काम गर्नुस।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.