ट्र्रम्प–किम वार्ता १२ जुन मै हुने
एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड बीचकोको वार्ता जुन १२ मै हुने भएको छ । यसअघि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको विषयलाई लिएर भएको विवादका कारण अमेरिका–उत्तर कोरिया वार्ता स्थगित गरिएको घोषणा दुवै देशले गरेका थिए ।
शनिबार दुई कोरियाको सीमा क्षेत्रमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जे इन बीच भएको भेटवार्तामा जुन १२ मै ट्रम र किम बीच वार्ता गर्ने सहमति भएको सिन्हवाले खबर दिएको छ ।
शनिबार दुई कोरियाका राष्ट्र प्रमुखबीच भएको भेटका क्रममा उत्तर कोरियाका नेता किमले परमाणु कार्यक्रम स्थगित गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि थप प्रतिवद्धता जनाए । दक्षिणका राष्ट्रपति मुनले जुन १२ मै वार्ताका लागि सहहजकर्ताको भूमिका निभाएका थिए । भेटका क्रममा यसका लागि मुनलाई धन्यवाद दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आगामी जुन १२ मा सिंगापुरमा उत्तर कोरियासँग वार्ता बताएका छन् । शनिबार ह्वाइट हाउसबाट सूचना जारी गर्दै ट्रम्पले उत्तर कोरिया र अमेरिका बीच जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ताको मिति परिवर्तन नभएको बताएको सिन्हवाले जनाएको छ ।