बसको ठक्‍करबाट तीनको मृत्यु

बसको ठक्‍करबाट तीनको मृत्यु

तनहुँ : बसको ठक्‍करबाट तनहुँमा तीनजना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा सवार चारजनामध्ये दुईजनाको घटनास्थलमा र एकको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका एकको  उपचार भइरहेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका-३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो।

अर्का घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना५ख ३०८२ नंको बसले विपरित दिशामा गुडिरहेको ना५५प १५९४ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका-१२ स्थित कमलबारीमा ठक्‍कर दिँदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। मृतक दुईजनाको शव दमौली अस्पतालमा र एकको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.