बैतडीमा एम्बुलेन्स दुर्घटना,बिरामीसहित चार घाइते

बैतडीमा एम्बुलेन्स दुर्घटना,बिरामीसहित चार घाइते

बैतडी: बैतडीमा आइतबार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन्।घाइते हुनेमा बिरामी दार्चुलाको व्यास गाउँपालिका-६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ।दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नंको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका-३ धरमघर नजिकै दुर्घटनामा परेको हो।

एम्बुलेन्स सडकबाट करिब एक हजार मिटर तल झाडीमा खसेको छ। घाइते सबैको प्रहरीले उद्धार गरेको थियो।घाइते चारैजनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.