प्रधानमन्त्री ओलीलाई सांसदको प्रश्न : रुग्ण उद्योग कहिले खुल्छ ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा नीति तथा कार्यक्रममाथि दिएको जवाफमाथि सांसदहरुले स्पष्टीकरण माग गरेका छन् । सांसदहरुले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्दै थप स्पष्ट हुन चाहेका हुन् ।
सो अवसरमा सांसद रामबहादुर विष्टले रुग्ण उद्योग सञ्चालनमा आउने कुरामा खुसी लागेपनि कहिले आउने भन्ने टुंगो लाग्न नसकेको बताए । ‘प्रधानमन्त्रीज्यू, रुग्ण उद्योगहरु कहिले सञ्चालनमा आउँछन् ?’ उले प्रश्न गरे ।
सांसद भरतकुमार शाहले मन्त्रीले सार्वजनिक गरेको सम्पत्तिमाथि प्रश्न उठाएका छन् । उनले नाम नलिई अघिल्लो कार्यकालमा साइकल मात्र सम्पत्ति देखाएका लालबाबु पण्डितको सम्पत्ति कसरी ५५ लाख पुग्यो भन्ने जिज्ञासा राखेका छन् कसरी आयो ?
उनले ओली सरकार आएपछि महंगी बढेकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सञ्जयकुमार गौतमले महंगी भएकोमा सरकारको दृष्टिकोण माग गरेका छन् । महिला हिसां बढेकोमा सरकार गम्भीर भएर नलागेको उनले आरोप लगाए ।
सांसद राम शाह यादवले संविधान संशोधनका विषयमा प्रश्न उठाएका छन् । आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन सक्ने प्रधानमन्त्रीले जवाफ दिएपनि धर्म निरपेक्षतालगायतका कुरामा ध्यानाकर्षण गराएका हुन् । साथै उनले प्रदेश स्वायत्ता नआएको उनले बताए ।