‘छिमेकीसँग एक अर्काको कार्ड खेल्नु जरुरी छैन’

‘छिमेकीसँग एक अर्काको कार्ड खेल्नु जरुरी छैन’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायसँग नेपालले यसअघि स्थापित मान्यता अनुसार सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्ने बताएका छन् । 

संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रमबारे जबाफ दिँदै ओलीले हाम्रो आन्तरिक मामिलमा स्वतन्त्र ढंगले निर्णय गर्छाैँ भन्दा कसैले चित्त दुखाउन नहुने पनि बताए । 

‘हामी हाम्रोबारे निर्णय गर्छौँ भन्दा चित्त दुखाउनुको कारण के छ’, ओलीले संसदमा प्रश्न गरे, ‘एकताबद्व भएर समृद्विको बाटोमा लाग्छौँ । राष्ट्रिय, भावना र एकताको भावना आवश्कय भएको कुरा नीति कार्यक्रमले बोकेको छ ।’

प्रम ओलीले सबै छिमेकीसँग सन्तुलित, आवश्यकता र पारदर्शिताका आधारमा सम्बन्ध राखिेन बताए । ‘हामीले छिमेकीहरुसँग सन्तुलित सम्बन्ध राख्ने नीति ल्याएका छौँ’, ओलीले भने, ‘छिमेकीमा एक अर्काको कार्ड खेल्नु जरुरी छैन ।’ 

प्रधानमन्त्री ओलीले भारतले विराटनगरस्थित सम्पर्क कार्यालय हटाएको बताउँदै आगामी दिनमा नदीमा बाँध बाधेर भारतले नेपाल डुबाउन नसक्ने बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.