‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई लिएर भएको राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको अपमानजनक टिप्पणीलाई लिएर असन्तुष्टि जनाएका छन् ।
सरकारको नीति तथा कार्यक्रमबारे आइतवार संसद बैठकमा जबाफ दिने क्रममा आलोचना राष्ट्रपतिको नभइ सरकारको हुनुपर्ने बताए ।
‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’, ओलीले भने, ‘सरकारले जे लेखेको छ, त्यसलाई अक्षरशः संसदमा बाचन गर्ने जिम्मेवारी पुरा गर्दा राष्ट्रपतिमाथिको अपमानजनक टिप्पणी गलत छ, यस्तो टिप्पणी स्वीकार्न सकिन्न ।’
ओलीले नीति तथा कार्यक्रम सही र अग्रगामी रहेको बताउँदै देशभक्तिपूर्ण र लोकतान्त्रिक पनि रहेको जिकिर गरे । ‘नीति तथा कार्यक्रममा विकासका नेपाली जनताका चहाना यसमा प्रकट भएका छन्’, ओलीले भने, ‘नेपाली जनताले देखेका सपना पुरा हुँदैछन्’, उनले भने, ‘नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रह गर्दछु ।’