काठमाडौँसहित देशभर तापक्रम वृद्धि

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

काठमाडौँ : केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ। मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतः जुन १० देखि मनसुन सुरु हुन्छ। तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ। 

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ। शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो। अघिल्लो वर्ष सन् २०१७ जुन ५ मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ। मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी छ। 

सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ। अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो। धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ। सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ। 

प्रि-मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् शान्ति कँडेलले बताए।'अहिलेको तापक्रम वृद्धि मनसुन सुरु हुनुपूर्वको गतिविधि हो, मनसुनी सक्रियताका लागि तापक्रम चाहिने हुन्छ, यो त्यसैको सिनारियो हो, यसलाई प्रि-मनसुनी गतिविधिकै रुपमा लिइन्छ', मौसमविद् कँडेलले भने।

उनका अनुसार दुई दिनअघि सुदूरपश्चिम भेगमा मात्र बढेको तापक्रम आज देशभर बढेको छ। तापक्रम एक दुई दिन यही हाराहारीमा रहनेछ। आज मध्य र पश्चिम भेगका केही स्थान र पूर्वी पहाडी भेगमा बदलीसँगै वर्षा हुनेछ भने काठमाडौँमा पनि वर्षाको सम्भावना छ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.