मृगौला ‘किन्ने’ एक व्यक्ति पक्राउ

मृगौला ‘किन्ने’ एक व्यक्ति पक्राउ

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले मृगौला किनेर प्रत्यारोपण गर्ने एकजनालाई पक्राउ गरेको छ। भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरबाट उनलाई आइतबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता नायब प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले मृगौला दिने पीडितको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। तर अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिबारे सम्पूर्ण विवरण दिन नमिल्ने उनले सुनाए।

‘हामीकहाँ परेको उजुरीको आधारमा एकजनालाई नियन्त्रणमा लिएका हौं’, प्रहरी नायब उपरीक्षक प्रसाईंले भने, ‘घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन। अनुसन्धान जारी छ। अनुसन्धान प्रभावित हुनसक्ने भएकाले उनीबारे अरु कुरा सार्वजनिक गर्न मिल्दैन।’

उनले अनुसन्धान पूरा भएपछि सबै जानकारी दिने जानकारी दिए। यता केन्द्रले भने मृगौला प्रत्यारोपणसम्बन्धी निर्देशिकाअनुसार सम्पूर्ण प्रमाण जुटाएरमात्रै मृगौला प्रत्यारोपण गरिएको जनाएको छ।

केन्द्रका अनुसार छोरा र बाबुबीचको सम्पूर्ण तवरले नाता प्रमाणित भएपछि मात्रै केन्द्रले बाबुको मृगौला प्रत्यारोपण गरेको थियो। केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले छोराले आफ्ना बाबुलाई मृगौला दान दिएको जानकारी दिए।

‘प्रत्यारोपणसम्बन्धी निर्देशिकाअनुसार वडादेखि जिल्ला प्रशासन कार्यालयसम्मको प्रमाणित सिफारिसको आधारमा मृगौला प्रत्यारोपण गरिएको हो’, उनले भने, ‘तर प्रहरीले नाता नभई लेनदेनको आधारमा एकजनालाई नियन्त्रणमा लिएको कुरा बाहिर आयो। हामीकहाँ सबै कागजात ठीक छ।’

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भने कामको सिलसिलामा देश बाहिर छन्। केन्द्रका प्रशासन प्रमुख पोखरेलले डा. श्रेष्ठ आइतबारसम्ममा नेपाल आइसक्ने जानकारी दिए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.