संक्रमितलाई भेदभाव नगर्न स्वास्थ्यकर्मीलाई तालिम

संक्रमितलाई भेदभाव नगर्न स्वास्थ्यकर्मीलाई तालिम

भक्तपुर : भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआईभी एड्ससम्बन्धी तालिम दिइएको छ।राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी एवं स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीलाई दुईदिने उक्त तालिम दिएको हो।

४० जना स्वास्थ्यकर्मीहलाई दुई समूहमा दुईदुई दिन दिइएको उक्त तालिममा एनएपीएनका सचिव राजेश दिदिया, कोषाध्यक्ष इन्दिरा परियार र सुशील खत्रीले सहजीकरण गरेका थिए।

उनीहरुले एचआईभी संक्रमितमाथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानव अधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे तालिम दिएका थिए।

त्यस्तै एचआईभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी उपचार पद्धतिबारे समेत विस्तृत जानकारी दिइएको एनएपीएनका सचिव दिदियाले बताए।

उनका अनुसार स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा उपचारमा आउने एचआईभी संक्रमित-संक्रमितबीच सुरक्षित यौनसम्बन्ध राख्नेबारे समेत जानकारी दिइएको थियो।

'एचआईभी एड्सको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा भइरहेको नयाँनयाँ अभ्यास नेपालमा पनि कार्यान्वयनमा ल्याउने विधि र प्रक्रियाबारे तालिममा जानकारी दिएका छौं', सचिव दिदियाले भने, 'यी सबै जानकारीपछि एचआईभी एड्स संक्रमण रोकथाम तथा न्यूनीकरणबारे स्वास्थ्यकर्मीको दायित्व र भूमिका स्पष्ट गरेका छौं।'

उनले देशभरका स्वास्थ्य चौकीमा एचआईभी संक्रमितमाथि स्वयम् स्वास्थ्यकर्मीबाटै भेदभाव र लाञ्छना लगाइने गरेको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न उक्त तालिम गरिएको बताए। 'एनएपीएनले देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएका छौं, कोषाध्यक्ष परियारले भनिन्।

उनले एचआईभी संक्रमित महिला बढी समस्यामा परेको जानकारी आएको बताइन्।त्यसैले एचआईभी संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई तालिम दिइएको उनको भनाइ थियो।

स्थानीय रुपमा तालिमको संयोजन गरेको नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउन्डेसन (नेडेफ) की अध्यक्ष दीपा बस्नेतले एचआईभी एड्सलाई स्वास्थ्य समस्याको रुपमा लिने प्रवृत्ति नहुँदा संक्रमितहरु भेदभाव र लाञ्छनाको शिकार हुनुपरेको बताइन्।

त्यसैले एचआईभीलाई रोगको रुपमा लिएर संक्रमितलाई अरु बिरामीसरह सम्मानपूर्वक उपचार गर्न गराउन तालिमको संयोजन गरिएको उनले स्पष्ट पारिन्।तालिम राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.