एउटा युद्ध संग्रहालय: जहाँ पुग्दा जो कसैको आङ सिरिङ्ग हुन्छ (भिडियो रिपोर्ट)
सोल: लामो समय जापानको उपनिवेश रहेको कोरिया दोस्रो विश्व युद्धमा जापानले हारेपछि उत्तरी क्षेत्रलार्इ सोभियत संघले कब्जामा लियो ।
अर्कातिर दक्षिण तर्फ अमेरिकी प्रभाव बढ्दै जाँदा कोरिया दुर्इ देशमा विभाजित नै भयो । उत्तरतर्फ कम्युनिस्ट र दक्षिणतर्फ पुँजीवादी शक्तिको अधिनमा छुट्टाछुट्टै नेतृत्वमा शसान सञ्चालन हुन थालेपछि युद्ध नै भयो ।
फरक फरक सैद्धान्तिक विचारधारासहित अघि बढेका दुर्इ कोरियाबीच सन् १९५० जुन २५ देखि १९५३ जुलार्इ ७ सम्म सम्म चलेको युद्धमा लाखौँ मानिसको मृत्यु भएको थियो । लाखौँको ज्यान लिएको युद्ध कुनै टुंगोमा नपुगी भएको युद्धविराम कोरिया प्रायद्वीपमा अझै पनि यथावत छ ।
पछिल्लो समय दुर्इ कोरियाबीच शान्ति सम्झौता गर्ने सहमति भएपछि त्यहाँका नागरिक वर्षौँदेखिको कटुतापुर्ण सम्बन्ध अन्त्य हुनेमा आशावादी बनेका छन् । दुर्इ कोरियाबीच भएको तीन वर्षे युद्धमा दक्षिणबाट प्रयोग गरिएका हतियार तथा युद्धक विमानहरु राजधानी सोलस्थित संग्रालयमा राखिएको छ । यो युद्ध संग्रहालयबारे एपी वान टेलिभिजनका मोहराज शर्माले तयार पारेको स्थलगत रिपोर्ट :
भिडियो रिपोर्ट