दयाराम परियार स्मृति पुरस्कार अधिकारी र पन्तलाई

दयाराम परियार स्मृति पुरस्कार अधिकारी र पन्तलाई

ललितपुर: यस वर्षको दयाराम परियार स्मृति पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरिएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ स्थापना दिवशको अवसरमा आइतवार ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।

अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो । 

यो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ बराल, चन्द्र किशोर झा, डा.शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २०६२ चैत ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनका क्रममा प्रहरीको गोली लागेको थियो । अधिकारकर्मी परियारले उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगन्जमा सहादत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.