कांग्रेसको ‘मौन समर्थन’ मा नीति तथा कार्यक्रम पारित

कांग्रेसको ‘मौन समर्थन’ मा नीति तथा कार्यक्रम पारित

नरेन्द्र साउद\खगेन्द्र भण्डारी 

काठमाडौं : प्रमुख विपक्षी कांग्रेस मौन बसेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्बाट आइतबार सर्वसम्मत पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिसभामा ध्वनीमतका आधारमा गरिएको मतदानमा प्रमुख विपक्षी कांग्रेस मौन बसेको हो । दुवै सदनका छुट्टाछुट्टै बैठकमा प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिएपछि ध्वनीमतका आधारमा मतदानमा लगिएको थियो । विपक्षी कांग्रेस मौन बसेपछि प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सेनाले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।

संसदीय इतिहासमा पहिलो पटक सरकारको नीति तथा कार्यक्रममा विपक्षी मौन बसेको हो । प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताले नीति तथा कार्यक्रममाथिको बहसमा चर्को आलोचना गर्दै ‘हावादारी’ संज्ञा दिएका थिए । कांग्रेसकै डा.मिनेन्द्र रिजाललगायत नेताले नीति तथा कार्यक्रममाथि संशोधन पनि दर्ता गरेका थिए । आइतबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संशोधन आवश्यक नभएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए । सभामुख महराले संशोधन प्रस्ताव फिर्ता लिन समय दिए पनि कांग्रेसका डा.रिजालले ‘प्रधानमन्त्रीको कुरा पनि नबुझिएको र आफ्नो संशोधनबारे पनि नबुझिएको’ भन्दै संशोधन फिर्ता लिए÷नलिएको जवाफ दिए ।

त्यसपछि सभामुख महराले डा.रिजालको संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्दा बहुमतबाट अस्विकृत भयो । लगत्तै सभामुख महराले सरकारको वार्षिक नीति तथा कार्यक्रम मतदानमा लगे । प्रस्तावका पक्षमा हुने माननीयलाई ‘हुन्छ’ र विपक्षमा हुनेलाई ‘हुन्न’ भन्ने ध्वनीमत दिन सभामुखले निर्देशन दिए । ‘हुन्न’ भन्नेमा विपक्षी बेन्चबाट कुनै जवाफ आएन र सभामुख महराले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरे ।

-पानीजहाज चलाउने कुरा गर्दा बाल्टिनमा कागजका डुंगा चलाएर मजाक गर्न थालिएकोप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

राष्ट्रियसभामा पनि अध्यक्ष तिमिल्सेनाले मतदानको यही प्रक्रिया अवलम्बन गरेका थिए । त्यहाँ पनि कांग्रेस मौन बसेपछि सर्वसम्मत पारित भएको घोषणा गरिएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेटका लागि जेठ १५ गते दिउँसो ४ बजेको समय निर्धारण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

‘आकांक्षाहीन छैन’

प्रधानमन्त्री ओलीले सरकारको नीति कार्यक्रमले परिवर्तनको आकांक्षा बोकेको भन्दै आकांक्षाहीन नभएको बताए । सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले पूरा गर्नसक्ने आकांक्षा राखेकाले नीति कार्यक्रमलाई महत्वाकांक्षी भन्न नमिल्ने दाबी गरे ।

‘यो नीति तथा कार्यक्रम जनताका राम्रा र सकारात्मक आकांक्षाको समष्टि हो’, उनले भने, ‘कर्मकाण्डी मात्र होइन । यसले रूपान्तरण र तीव्र विकासको लक्ष्य राखेको छ ।’ उनले नीति कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताए । सरकारले सुशासन, स्वच्छता र भ्रष्टाचार नियन्त्रणको उद्देश्य मात्र नबोकेर प्राप्तिको बाटो पनि तय गरेको उनले बताए ।

‘पानीजहाजको सपना दिउँसै देखेको हुँ’

उनले पानीजहाज चलाउने सपना दिउँसै देखेको बताए । ‘मैले पानीजहाजको कुरा गर्दा केही साथीले दिवास्वप्न भन्नुभयो’, उनले भने, ‘मैले निदाएका बेला होइन बिउँझै रहँदा सपना देखेको हुँ ।’ आफूले पानीजहाजको कुरा गर्दा बाल्टिनमा कागजका डुंगा चलाएर मजाक गर्न थालिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘हेर्दाहेर्दै कोसी, गण्डकी र कर्णालीमा स्टिमरबाट समुद्रसम्म जानेछौं’, उनले भने, ‘हाम्रो रेल, हाम्रो पानीजहाज हुन सक्दैन र ?       मजाक उडाउने ? ’ स्विजरल्यान्ड, मंगोलियाजस्ता भूपरिवेष्ठित देशसँग पनि आफ्नै पानीजहाज भएको स्मरण गर्न उनले सम्झाए।

संविधान संशोधनको कुराले फोरम आश्वस्त, राजपाको अडान कायमै

जवाफ दिने क्रममा प्रधानमन्त्रीले संविधान आवश्यकताअनुसार संशोधन गरिने बताएपछि नीति तथा कार्यक्रमाथि संघीय फोरमले राखेको संशोधन प्रस्ताव फिर्ता लिएको थियो । ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ’, उनले भने, ‘यस्तो विषय आपसमा छलफल गर्नुभन्दा समस्या निकालेर÷देखाएर मात्र बस्ने काम भयो ।’ जन्मसिद्ध नागरिकताको समस्या समाधान भइसकेको भन्दै उनले समस्या बल्झाएर नराख्न आग्रह गरे ।

प्रधानमन्त्रीको जवाफपछि फोरमका रामसहाय यादवले संशोधन प्रस्ताव फिर्ता लिए । फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसँग आइतबार बिहान भेटघाट गरेपछि फोरम सरकारमा जाने वातावरण बनेको स्रोतले बतायो । राजपाका अनिल झाले भने आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएनन् र बहुमतबाट अस्विकृत भयो ।

मन्त्रिपरिषद् बैठकमा ल्यापटप

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकका निर्णय कागजमा नभई ल्यापटपमा हुने गरेको बताए । ‘मन्त्रिपरिषद् बैठक कागजका चाङ राखेर होइन, ल्यापटप अघि राखेर गर्छाैं’, सरकार प्रविधिमैत्री बन्दै गरेको संकेत गर्दै उनले भने ।

‘अब भारतले बाँध बाँध्दैन’

प्रधानमन्त्रीले अब सिमानामा भारतले कुनै पनि निहुँमा बाँध नबाँध्ने दाबी गरे । ‘बाटोका नाममा बाँध बाँध्ने र डुबान गर्न पाउँदैन’, उनले भने, ‘भारतीय बाँधका कारण डुबेका भूभागको अध्ययन गर्न संयुक्त टोली खटाउँदैछौं ।’ विराटनगरमा भारतले राखेको फिल्ड अफिस हटेको पनि उनले स्मरण गराए । उनले ३ वर्षभित्र काठमाडौंको धुलो र धुवाँ अन्त्य हुने बताए । ‘स्वच्छ हावामा सास फेर्न पाउने जनताको अधिकार केही वर्षभित्र पूरा गर्छाैं’, उनले भने ।

सरकारले माग सम्बोधन गर्ने विश्वास छ : खाँण

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विपक्षी र सत्तापक्षका सांसदले उठाएका मागअनुसार सरकारले नीति तथा कार्यक्रम परिस्कृत गर्ने विश्वासका आधारमा कांग्रेसले विपक्षमा मतदान नगरेको बताए । ‘यो नीति तथा कार्यक्रममा सुधार गर्नुपर्ने कुरा धेरै छन् भनेर कांग्रेस र स्वयं सत्तापक्षकै सांसदले संसद्का दुवै सदनमा कुरा उठाउनुभएको छ’, उनले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्यूले पनि आज धेरै कुरा दोहोर्‍याइ तेहेर्‍याइ जवाफ दिनुभएको छ । संसद्मा उठेका धेरै कुरा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.