तारे होटेलमा ‘बेड’ थपिए

तारे होटेलमा ‘बेड’ थपिए

काठमाडौं : नेपाल भ्रमणमा आउने पर्यटको संख्या बढेसँगै तारे होटेलको क्षमतामा पनि वृद्धि गरिएकोे छ । सरकारले आइतबार संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा तारे होटेलको शैया (बेड) संख्या बढेको उल्लेख छ ।

सरकारी तथ्यांकअनुसार चालु आव २०७४÷०७५ को आठ महिनामा तारे होटलमा मात्र ६ सय २२ वटा बेड थपिएका छन् । गत आव २०७३÷०७४ मा एक सय २० तारे होटलमा एक हजार ७७ कोठा थियो भने यो संख्या बढेर एक सय १५ तारे होटेलमा एक हजार ६ सय ९७ पुगेको छ । यसैगरी चालु आवको आठ महिनासम्म पर्यटकीयस्तरका होटेल, लज तथा रिर्सोटको संख्या बढेर २९ हजार एक सय ३६ पुगेको छ ।

यसै गरी चालु आवको आठ महिनासम्ममा क्यासिनो संख्या पाँचबाट बढेर सात पुगेको आर्थिक सवेक्षणमा उल्लेख छ । यसैगरी ट्राभल एजेन्सीको संख्या चार १२ ले बढेर ३७ सय ३८ पुगेको छ । टे«किङ एजेन्सीको संख्या बढेर २६ सय ७५ र ¥याफ्टिङ एजेन्सीको संख्या पनि चालु आवको आठ महिनासम्ममा आइपुग्दा ७३ पुगेको छ ।

यसैगरी आर्थिक सर्वेक्षमा प्रदेश नम्बर १ बाट मात्रै ४८ करोडभन्दा बढी रोयल्टी संकलन भएको छ भने देशभरबाट ५१ करोड ७६ लाख रुपैयाँ हिमालबाट रोयल्टी संकलन भएको उल्लेख छ । यसैगरी सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकमध्ये सबैभन्दा बढी लुम्बिनी पुगको सवेक्षणमा उल्लेख छ ।

यस्तै गरी सरकारले आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो भने यो रकम चालु आवको आठ महिनामा मात्रै ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको सर्वेक्षणमा उल्लेख छ । तर, नेपाल आउने पर्यटकको संख्या बढे पनि खर्च बसाइ अवधि बढ्न सकेको छैन । सन् २०१६ मा प्रतिपर्यटक खर्च ५४ डलर थियो भने सन् २०१७ मा यो घटेर ५३ डलरमा आएको झरको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.