जाजरकोटमा नुन खानी !

जाजरकोटमा नुन खानी !

जाजरकोट : जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको भएको अनुमान गरिएको छ । यो खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो । जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एन्ड टे«निङ सेन्टर काठमाडांैमा परीक्षण गर्दा यस्तो तथ्य फेला परेको जानकारी दिए ।

खोलाको एक लिटर पानी लिएर ल्याव टेस्ट गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले अन्नपूर्णलाई बताए । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याव टेस्ट गर्दा राम्रो नतिजा बताए । उनले भने, ‘केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नुनखानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।’

बारेकोटमा नुन निकाल्न सके देशलाई नुनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नुन उत्पादन गर्न सकिने उनले बताए । उनले भने, ‘यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले प्रदेशसभाको बैठकमै यसबारे कुरा उठाउने जानकारी दिए । उनका अनुसार

बारेकोटमा नुन खानी मात्र होइन र फलाम खानी समेत छ । नुन र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने उनको भनाइ छ । उनले बारेकोटमा धेरै वर्षदेखि नै स्थानीयले नुन खानी रहेको बताउने गरे पनि सरकारको ध्यान नपुग्दा खानी उत्खनन हुन नसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.