सामुुदायिक विद्यालयलाई गुुणस्तर सुुधार्ने मौका

सामुुदायिक विद्यालयलाई गुुणस्तर सुुधार्ने मौका

शैक्षिक गुुणस्तर केन्द्रले भर्खरै सन् २०१७ कोे उपलब्धि परीक्षण नतिजा बाहिर ल्याएको छ। उक्त परीक्षणले कक्षा ८ का विद्यार्थीको नेपाली, गणित र विज्ञान विषयमा शैक्षिक उपलब्धि निर्धारण गरेको छ। उक्त नतिजाले गणित र विज्ञानमा उपलब्धि कम भएको तथ्य औंल्याएको छ। केन्द्रका अनुुसार नमुुनास्वरूप २६ जिल्लाका १९५० विद्यालयका ४६२६६ विद्यार्थीमा उक्त परीक्षण गरिएको थियो। पाँच सयलाई औसत मानेर प्रस्तुुत गरिएको उक्त परीक्षणमा सन् २०१३ मा लिइएको नतिजा र २०१७ मा लिएको परीक्षणको नतिजा, संस्थागत र सामुुदायिक विद्यालयका विद्यार्थीको नतिजा र अन्य पक्षमा पनि तुुलनात्मक विवरण प्रस्तुुत गरिएको छ।

सन् २०१३ मा लिएको परीक्षामा नेपाली, गणित र विज्ञानमा क्रमशः ४९५, ५०८, ५०२ रहेकोमा २०१७ मा लिएको परीक्षामा क्रमशः ५०४, ४९२ र ४९९ अंक देखिएको छ। २०१३ को औसत उपलब्धि र २०१७ को तुुलना गर्दा नेपालीमा नौ अंकले बढेको देखियो भने गणितमा १६ अंक र विज्ञानमा ३ अंकले घटेको देखिन्छ। त्यस्तै संस्थागत र सामुुदायिक विद्यालयका विद्यार्थीको औसत अंक तुुलना गर्दा सामुुदायिकमा नेपाली, गणित र विज्ञानको क्रमशः ४९५, ४८५ र ४९० र संस्थागतको क्रमशः ५२०, ५४७ र ५३५ देखिन्छ। दुुवैको तुुलना गर्दा सामुुदायिकको भन्दा संस्थागतको नेपाली, गणित र विज्ञानमा क्रमशः २५, ६३ र ४८ अंकले बढी रहेको देखिन्छ। बढी अंकलाई पनि औसत निकाल्ने हो भने संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीको ४५.३३ अंकले उच्च देखिन्छ।

एकातर्फ सबै विद्यार्थीको उपलब्धि गणित र विज्ञानमा २०१३ को तुुलनामा घटेको देखिन्छ भने अर्कोतर्फ आम समुुदायका बालबालिकाले पढ्ने सामुुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि संस्थागतको तुुलनामा औसत ४५.३३ अंकले घटी देखिएको छ।

यस नतिजालाई नियाल्दा गणित विज्ञानको किन घट्यो र ठूलो अंकले किन सामुुदायिक विद्यालयका विद्यार्थीको अंक कम भयो भन्ने विषयमा चिन्तन गर्नुुपर्ने, कारण पत्ता लगाउनुुपर्ने र सुुधारका सम्भावना खोजिनुुपर्ने आवश्यकता छ। विज्ञान गणित भनेको भोलिका लागि प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि आधार पनि हो। गणित विज्ञान पुुस्तकमा पढिने कुुरा मात्र होइनन्, जीवन पद्धतिसँग जोडिने र समाजका नागरिकको वैज्ञानिक चिन्तन तथा दृष्टिकोण निर्माण गर्र्ने औजार पनि हुुन्। नयाँ पुुस्ताको गणित र विज्ञानमा कम ज्ञानले भोलिको समाजको नकारात्मक प्रतिबिम्ब पनि देखाउँछ।

आधुुनिक प्रविधिको क्षेत्रमा प्रगति हुँदै गरेको विश्व परिवेशमा यससँग जोडिएका विषय गणित विज्ञानमा विद्यार्थीले उपलब्धि बढाउनुुपर्नेमा घट्नुु दुुःखद् हो। यसबाट हामीले के भन्न सकिन्छ भने गणित विज्ञान किताबी ज्ञानमा मात्र सीमित गरियो, यी विषय शिक्षणमा परिवेशअनुुसार शिक्षण सिकाइ गर्न सकिएन, जीवन पद्धतिसँग जोड्न सकिएन, विगतदेखि नै गणितलाई कठिन विषयको रूपमा नै लिइयो त्यस सोचाइमा सुुधार हुुन सकेन भन्ने देखिन्छ। यस विषयलाई अझै दैनिक जीवनसँग जोडेर सरल, रमाइलो तरिकाले शिक्षण गर्न सकिएन, यी विषयलाई व्यावहारिक तरिकाले शिक्षण गर्नका लागि गरिएका शिक्षक तालिम उपलब्धिविहीन भए।

अर्को पाटो भनेको आम नागरिकका बालबालिका पढ्ने सामुुदायिक विद्यालयको सिकाइ उपलब्धि किन उल्लेख्य मात्रामा कम भयो भन्ने हो। संस्थागत विद्यार्थीको तुुलनामा सामुुदायिकका विद्यार्थीको शैक्षिक उपलब्धि कम हुुनुुको कारणमा शैक्षिक गुुणस्तर परीक्षण केन्द्रले सामाजिक आर्थिक कारण देखाएको छ। यस कारणलाई कसैले नकार्न सक्ने अवस्था पनि छैन। बालबालिका औपचारिक शिक्षाका लागि चार वर्ष पुुगेपछि विद्यालयमा जान्छन् तर त्योभन्दा पहिला घरमा आमाबाबुु, परिवार र सामाजिक परिवेशबाट धेरै कुुरा सिकिसकेका हुुन्छन्। सामाजिक र आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिकाको स्वास्थ्य अवस्था राम्रो हुुन्छ। गर्भमा रहँदा आमाले खाने पोषणयुुक्त खाना, लगाउने खोप, पाउने वातावरण, जन्मेपछिको स्याहारसमेतले बालबालिककाले विद्यालयमा पुुगेर सिक्ने कुुरामा प्रभाव परेको हुुन्छ।

सचेत परिवारमा विद्यालय जानुुभन्दा पहिल्यै बालबालिकाले छापिएको संसारसँग परिचित हुुने मौका पाएका हुुन्छन्। मैले पनि पढ्न पाएँ, जान्न पाएँ भन्ने उत्सुुकता निर्माण गरिसकेका हुुन्छन्। आर्थिक सामाजिक अवस्था कमजोर भएका परिवारका बालबालिकामा त्यसविपरीत अवस्था हुुन्छ। यसको प्रभाव विद्यालयमा पुुगेपछि विद्यार्थीमा पर्नुु स्वाभाविकै हो। प्रायः आर्थिक र सामाजिक रूपमा पछाडि परेका परिवारका बालबालिकाले सामुुदायिक विद्यालयमा अध्ययन गर्छन्। संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीबीचमा यस किसिमले तुुलना गर्ने हो भने पनि आर्थिक सामाजिक रूपमा पछाडि परेका परिवारका बालबालिककोे उपलब्धि कमजोर देखिन्छ।

शिक्षक दरबन्दी मिलान आजको ठूलो अवश्यकता हो। भएका दरबन्दीलाई न्यायोचित तरिकाले वितरण गर्न र विषयगत शिक्षक व्यवस्था गर्न सकेमा पनि उपलब्धि वृद्धिमा सहयोग पुुग्नेछ।

सामुुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि कमजोर हुुनुुमा आर्थिक सामाजिकबाहेक अन्य धेरै कारण पनि रहेका छन्। ती कारणमध्ये सबैभन्दा महत्वपूर्ण भनेको संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयमा पढाइ हुुने दिन, घन्टा र समय कम हुुनुु हो। संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयमा विभिन्न बहानामा विद्यालय बन्द हुुने, स्थानीय बिदा बढी हुुने, शिक्षक विद्यार्थी अनुुपस्थित बढी हुुने कारण हो। पढाइ हुुने दिन, घन्टा र समय बढी भएका सामुुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि तुुलनात्मक रूपमा बढी नै पाइन्छ।

संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयको भौतिक अवस्था राम्रो देखिए पनि केही जिल्लाका विद्यालयमा अझै पनि कक्षाकोठाको अभाव छ, विद्यार्थीले चौरमा बसेर पढ्नुुपर्ने बाध्यता छ। मधेस र हिमाली जिल्लामा भवन र कक्षाकोठाका एकै किसिमका डिजाइन र समान अनुुदाले गर्दा विकट हिमाली जिल्लामा राम्रा स्तरीय भवन बन्न सकेका छैनन्। हिमाली जिल्लामा त्यहाँको आवश्यकताअनुुसार न्यानो संरक्षण हुुने, जाडोबाट बच्न सकिने खालका भवन अभाव छ, जसको परिणाम हिमाली जिल्लामा पढाइ हुुने दिन र समयमा अझै कमी हुुने गरेको छ।

शिक्षक दरबन्दी विद्यार्थीको अनुुपातमा न्यायोचित तरिकाले वितरण हुुन नसक्नाले कतिपय जिल्लामा शिक्षक काम नपाएर बस्ने र कतिपय जिल्लामा एक शिक्षकले एकैपटकमा दुुई वा त्योभन्दा बढी कक्षामा पढाउनुुपर्ने अवस्था पनि विद्यमान छ। जिल्लाका नेता शिक्षामन्त्री, जिल्लाको व्यक्ति शिक्षा सचिव बन्ने मौका पाएका जिल्लामा र उपत्यकाका जिल्लामा दरबन्दी बढी छ भने विकट र मधेसका जिल्लामा शिक्षक दरबन्दी न्यून रहेको छ। कक्षा ६ देखिमाथिका कक्षामा विषयगत दरबन्दी नहुुनाले, गणित विज्ञानका शिक्षक कमी हुनाले पनि गणित विज्ञानमा उपलब्धि कम भएको हो भन्न सकिन्छ।

शिक्षक तालिममा बजेट पर्याप्त खर्च भए पनि तालिममा सिकेका कुुरा कक्षाकोठामा पुुग्न र प्रयोग हुुन सकेका छैनन्। सामुुदायिक विद्यालय समुुदायका सचेत व्यक्तिको प्रयासमा खोलिएका र मुुठीदानजस्ता सहयोगबाट शिक्षक तलब खुुवाएर टिक्न सकेका हुुन्। हाल आएर सामुुदायिक विद्यालयले सचेत अभिभावक गुुमाउँदै गएको अवस्था छ। समुुदायको सहयोग पनि निकै घटेको छ।

देशमा भएको राजनीतिक परिवर्तनले सामुुदायिक विद्यालयको सुुधार र विद्यार्थीको उपलब्धि वृद्धिका लागि मौका सिर्जना पनि भएको छ। विगतमा जनप्रतिनिधि नहुुनाले विकास निर्माण र सामुुदायिक काममा निकै ठूलो समस्या भोग्नुुपरेको थियो। अहिले आएर संविधानले नै स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ। जनप्रतिनिधि निर्वाचित भएका छन्। जनप्रतिनिधिलाई कर्मचारीबाट पर्याप्त सहयोग हुुने हो भने जनप्रतिनिधिले सुुधारको स्वामित्व लिन र सुुधारका लागि काम गर्न सक्ने सम्भावना छ। यसका लागि स्थानीय तहलाई विगतका अभ्यास, भोगाइ र सिकाइका बारेमा अभिमुखीकरण गरिनुुपर्ने आवश्यकता छ। विगतमा नजिकबाट अनुुगमन हुुन सकेन, अनुुगमन नाम मात्रको भयो। अबका दिनमा वडावडामा जनप्रतिनिधि रहेको, नजिकबाट अनुुगमन हुुन सक्ने, राम्रो गर्नेलाई पुुरस्कृत र गलत गर्नेलाई दण्डित गर्न सक्ने सम्भावना पनि छ।

शिक्षक दरबन्दी मिलान आजको ठूलो अवश्यकता हो। भएका दरबन्दीलाई न्यायोचित तरिकाले वितरण गर्न र विषयगत शिक्षक व्यवस्था गर्न सकेमा पनि उपलब्धि वृद्धिमा सहयोग पुुग्नेछ। विगतमा पनि कार्यक्रम नभएका भन्दा पनि भएका कार्यक्रम प्रभावकारी तरिकाले सञ्चालन हुुन नसकेका हुुन। अबका दिनमा योजना, परियोजना र कार्यक्रम कागजमा मात्र सीमित हुुने, झारा टार्ने किसिमले कार्यान्वयन हुुने अवस्था अन्त्य गर्न सकियो भने पनि शैक्षिक उपलब्धि वृद्धिमा सहयोग पुुग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.