जाजरकोट दरबारमा  रेखाको ‘मालिका’

जाजरकोट दरबारमा  रेखाको ‘मालिका’

जाजरकोट : अभिनेत्री रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’ को छायांकन जाजरकोट दरबारमा सुरु गरिएको छ । ‘छोरीका लागि स्वर्णिम महाअभियान’ अन्तर्गत नारी उत्पीडनका कथावस्तुु समेटिएको ‘मालिका’ को छायांकन जाजरकोट दरबार परिसरमा गरिएको हो ।

जिल्लाको स्थानीय भेषभूषा र संस्कृति झल्किने मेलाको दृश्यसहित दुई सय ४८ वर्षअघि निर्माण गरिएको जाजरकोट दरबारको प्रांगणमा ‘मालिका’ को गीत छायांकन गरिएको चलचित्र निर्मातासमेत रहेकी नायिका रेखाले बताइन् । जाजरकोट र गोरखा राज्यको सम्बन्ध तथा नेपाल एकीकरणको सन्दर्भ झल्काउने ऐतिहासिक जाजरकोट दरबारमा चलचित्र छायांकन गरिएको हो ।

जाजरकोटकी १५ वर्षीया कमला वलीलाई रेखाले चलचित्रको मुख्य पात्र बनाएकी छन् । अभिनय कला नसिकेकी भेरी नगरपालिका-१ की कमलालाई तीन हप्ता अभिनय सिकाएर फिल्ममा प्रवेश गराइएको हो । ग्रामीण परिवेशकी किशोरीको कथा जीवन्त बनाउन कमलालाई मुख्य पात्र छनोट गरिएको अभिनेत्री रेखाले बताइन् । चलचित्रमा रेखा आफैं पनि अभिनय गर्र्दैछिन् ।

जीवन रूपान्तरण तथा सकारात्मक सोचका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषयवस्तु महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । चलचित्रमा सबै नेपाली जनता र भूगोललाई जोड्ने खालका गीत र दृश्य समेटिएको कार्कीले बताए ।

सामाजिक चेतना र छोरीहरूका लागि स्वर्णिम नेपालको राष्ट्रिय संकल्प बोकेको ‘मालिका’ फिल्मले हिमाल, पहाड र तराईका जनतालाई एकताको सूत्रमा बाँध्ने भाव बोकेका गीत राखिएको छ । एउटा गीतको पूरै छायांकन जाजरकोट दरबारको प्रांगणमा गरिनेछ । चलचित्रका अन्य दृश्य जाजरकोटका विभिन्न स्थान, नेपालगन्ज र काठमाडौंमा छायांकन गरिने निर्माताको भनाइ छ ।

जाजरकोटमा पहिलो पटक ठूलो पर्दाको फिल्म छायांकन गरिएको हो । जाजरकोटकै कलाकार, जाजरकोटकै विषयवस्तु र जाजरकोटमै सुटिङ भइरहेको ‘मालिका’ फिल्म व्यावसायिक मात्र नभई सामाजिक जागरणमा केन्द्रित रहेको नायिका रेखाले बताइन् ।

क्याप्सन ः अभिनेत्री रेखा थापाले निर्माण गरिरहेको चलचित्र मालिकाको जाजरकोट दरबारमा छायांकन गर्दै कलाकार ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.