नेकपा र फोरमबीच दुई बुँदे सहमति, फोरम सरकारमा सामेल हुने
काठमाडौं : संघीय समाजवादी फोरम, नेपाल संघीय सरकारमा सामेल हुने भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे सहमति भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति भएको हो।
सत्तापक्ष र फोमर नेपालबीच भएको सहमतिअनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ। सहमतिपत्रमा 'संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने' उल्लेख छ।
'सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने' सहमतिपत्रमा उल्लेख छ। सहमतिको दोस्रो बुँदामा 'संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने' उल्लेख छ।
सहमतिपत्र