टर्किस एयरलाइन्सको आयोजनामा वास्केटबल
काठमाडौं : टर्किस एयरलाइन्सको आयोजनामा ह्विलचेयर बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ।'टर्किस एयरलाइन्स इन्गेज एम्पावरिङ लिग ह्विलचियर बास्केटबल'को तेस्रो संकरणका रूपमा आयोजना हुने उक्त प्रतियोगितामा जुन २ देखि जुन ३० तारिकसम्म चल्नेछ।
टर्किस एयरलाइन्सको प्रायोजन रहने प्रतियोगिता सामाजिक समावेशिताको नारासहित गैरसरकारी संस्था इन्गेजद्वारा आयोजना हुन लागेको हो। प्रतियोगिता दशरथ रंगशालाको सेन्ट्रल हलमा आयोजना हुने आयोजकले जनाएको छ।
यो अवधिमा पुरुषतर्फ नौ र महिलातर्फ ६ टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिता राउन्ड रोबिन फस्र्याटमा हुनेछ। चार फरक स्थानमा आयोजना हुने खेलको अन्तिम चरणमा शीर्ष चार टोलीले प्लेअफमा प्रतिशपर्धा गर्नेछन्।
२९ दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ आर्मी क्लब, नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोट्र्स एसोसिएसन, जावलाखेल ह्विलचियर स्पोट्र्स क्लब, बोधिसत्व इन्टरनेसनल एसोसिएसन, ह्विलचियर स्पोट्र्स एसोसिएसन, स्पाइनल इन्ज्युरी रिहाबिलिटेसन सेन्टर, पोखरा ह्विलचियर टिम, नेपालगन्ज ह्विलचियर बास्केटबल टिम र चितवन ह्विलचियर बास्केटबल टिमले सहभागिता जनाउनेछन्।
यस्तै महिलातर्फ ह्विलचियर स्पोट्र्स एसोसिएसन, नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोट्र्स, जावलाखेल ह्विलचियर स्पोट्र्स क्लब, बोधिसत्व र महिला ह्विलचियर बास्केटबल एसोसिएसनले सहभागिता जनाउने आयोजकले जनाएको छ।