‘अब शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट अन्त्य गरिनेछ'
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार अब चाँडो अन्त्य हुने बताएका छन । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार विद्यार्थीसँगको भेटघाटमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पुर्याउन तथा यससंग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो । पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै ध्यानाकर्षण गराएपछि मन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गरे ।