पोर्चुगललाई इतिहास रच्ने अवसर

पोर्चुगललाई इतिहास रच्ने अवसर

लिस्बोन : पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पुस्ताका उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली हो। सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि जितेको पोर्चुगल युरोपेली च्याम्पियन टोलीको रूपमा रुस विश्वकपमा सहभागी हुँदैछ। पोर्चुगल यस्तो देश हो, जो विश्वकै उत्कृष्ट फुटबलर जन्माउँछ। यसका बाबजुद पोर्चुगल युरोकप र विश्वकपजस्ता ठूला प्रतियोगितामा उपाधिबाट पटकपटक चुक्ने गरेको छ।

लुइस फिगो, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी जन्माएको पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म युरोकपको एकमात्र उपाधि (सन् २०१६) जितेको छ। पोर्चुगलले विश्वकप फुटबलमा अहिलेसम्म फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन। फिफा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुने दिन नजिकिँदै जाँदा पोर्चुगल जोडतोडका अन्तिम तयारीमा जुटेको छ।

पोर्चुगलले सातौं पटक छनोट चरण पार गर्दै विश्वकप फुटबलको अन्तिम चरणको खेल खेल्न लागेको हो। यद्यपि यस पटक पोर्चुगलसँग विश्वकप उपाधि जित्ने राम्रो अवसर छ। जर्मनी, फ्रान्स, इटाली, इङ्ल्यान्डलगायत अन्तर्राष्ट्रिय फुटबलका सशक्त टोलीहरू सहभागी रहने युरोकपको उपाधि जितेपछि टोलीमा खेलाडीको मनोवल पनि उच्च बनेको छ।

पोर्चुगलले आफ्नो महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो बिनानै फाइनलमा आयोजक फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै युरोकपको उपाधि जितेको थिथो। खेलको सुरुआतमै चोटग्रस्त हुँदा रोनाल्डोले फाइनल खेल पूरा समय खेल्न पाएका थिएनन्। घरेलु टोलीविरुद्धको फाइनल खेल, त्यसमाथि आफ्ना मुख्य खेलाडीबिना नै उपाधि जितेर पोर्चुगलले आफू कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सक्षम रहेको प्रमाणित गरिसकेको छ।

पोर्चुगलका लागि खुसीको कुरो रोनाल्डो अहिले पनि उच्च लयमा देखिएका छन्। स्पेनिस क्लब रियल म्याड्रिडलाई यसपटक युरोपियन च्याम्पियन्स लिगको लगातार तेस्रो तथा समग्रमा १३औं उपाधि दिलाउन उनै रोनाल्डोले सशक्त प्रदर्शन गरेका थिए। गारेथ बेलले दुई र करिम बेन्जेमाले एक गोल गरेपछि रियलले आइतबार बिहान भएको फाइनलमा इङ्लिस टोली लिभरपुललाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो।

पोर्चुगलसँग यसपटक युरोपका ठूला लिग फुटबल खेलेका अनुभवी खेलाडीहरूको गतिलो साथ छ। २३ जनाको प्रारम्भिक टोलीमा गत युरो कप जितेको खेलाडीको बाहुल्य देखिएको पोर्चुगलले यस पटक विश्वकपमा नयाँ सफलता प्राप्त गर्न सक्नेछ। पोर्चुगलले हालसम्म विश्वकपमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। पोर्चुगलले सन् १९६६ र सन् २००६ को विश्वकपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो। यद्यपि यी दुवै पटक पोर्चुगल सेमिफाइनलमा पराजित भएको थियो। पोर्चुगल सन् १९६६ मा तेस्रो र सन् २००६ मा चौथो भएको थियो।

युरोकपको प्रदर्शनलाई निरन्तरता दिन सके पोर्चुगलले रुस विश्वकपबाट अहिलेसम्मकै ठूलो सफलता प्राप्त गर्ने पक्का छ। पोर्चुगलले रुस विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा फ्रान्स युरो कपमा टोलीलाई उपाधि दिलाउन निर्णायक गोल गरेका इडरलाई भने समावेश गरेको छैन। स्ट्राइकरद्वय नानी र रेनाटो सान्चेज पनि टोलीमा परेका छैनन्। टोलीमा यी खेलाडीको अनुपस्थिति खड्किन नदिन उनीहरूलाई विस्थापित गर्दै टोलीमा परेका नयाँ खेलाडीले अझ सशक्त प्रदर्शन गर्नु आवश्यक छ। यद्यपि विश्वकपका लागि अन्तिम टोलीको घोषणा गर्न फिफाले दिएको समयावधि अझै बाँकी छ।

पोर्चुगलको प्रारम्भिक टोली

गोलरक्षक : एन्थोनी लोपेज (लियोन), बेटो (गोटेप) र रुई प्याट्रिसियो (स्पोर्टिङ लिस्बन)।

रक्षक : ब्रुनो आल्भेस (रेन्जर्स), सेड्रिक सोरेस (साउथह्याम्पटन), जोसे फोन्ट (डालियन यिफाङ), मारियो रुई (नापोली), पेपे (बेसिकटस), राफेल ग्वेरेइरो (बोरुसिया डर्टमन्ड), रिकार्डो पेरेइरा (पोर्टो) र रुवेन डियास (बेनफिका)।

मिडफिल्डर : एड्रिन सिल्भा (लिसेस्टर), ब्रुनो फर्नान्डेस (स्पोर्टिङ लिस्बन), जो मारियो (वेस्ट ह्याम), जो मोउटिन्हो (मोनाको), म्यानुएल फर्नान्डेस (लोकोमोतिभ) र विलियम कार्भाल्हो (स्पोर्टिङ लिस्बन)।

स्ट्राइकर : आन्द्रे सिल्भा (एसी मिलान), बेर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन्स (स्पोर्टिङ लिस्बन), गोन्कालो ग्वेडेस (भ्यालेन्सिया) र रिकार्डो क्वारेस्मा (बेसिकटस)।

प्रशिक्षक : फर्नान्डो सान्तोष

पोर्चुगलको खेल

समूह ‘बी’

जुन १५ : स्पेनविरुद्ध

जुन २० : मोरोक्कोविरुद्ध

जुन २५ : इरानविरुद्ध

पोर्चुगल

सहभागिता : सातौं पटक

उपाधि : छैन

फिफा वरीयता : ४


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.