विश्वकपमा गोलको लेखाजोखा

विश्वकपमा गोलको लेखाजोखा

आगामी जुन १४ देखि रुसमा २१औं विश्वकप फुटबल आयोजना हुँदैछ। सन् १९३० मा उरुग्वेमा सम्पन्न पहिलो विश्वकपदेखि सन् २०१४ मा ब्राजिलमा सम्पन्न २०औं विश्वकपसम्म दुई हजार तीन सयभन्दा बढी गोल भएका छन्। विश्वकपको इतिहासमा पहिलो गोल सन् १९३० मा फ्रान्सका लुसियन लाउरेन्टले गरेका थिए भने २०औं संस्करणसम्म पुग्दा एक हजार दुई सयभन्दा बढी खेलाडीले गोल गरिसकेका छन्।

विश्वकपमा हालसम्म ९० जना खेलाडीले पाँच वा सोभन्दा बढी गोल गरेका छन्। विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी भने जर्मनीका मिरोस्लाभ क्लोस हुन्। चारवटा विश्वकपमा २४ खेल खेलेका क्लोसले १६ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका ब्राजिलियन खेलाडी रोनाल्डोले १५ गोल गरेका छन्। उनले सन् १९९४ देखि सन् २००६ सम्म चारवटा विश्वकपमा १९ खेल खेलेका थिए।

यसैगरी पश्चिम जर्मनीका गर्ड मुल्लरले दुईवटा विश्वकपमा १३ खेल खेलेर १४ र फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ को एउटै विश्वकपमा ६ खेल खेलेर १३ गोल गरेका थिए। ब्राजिलका पेलेले भने सन् १९५८ देखि सन् १९७० सम्म चारवटा विश्वकपमा १४ खेल खेलेर १२ गोल गरेका थिए। जस्ट फोन्टेन विश्वकप फुटबलको इतिहासमा एउटै खेलाडी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्।

एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हंगेरीका स्यान्ड्रो कोसिस दोस्रो स्थानमा छन्। उनले सन् १९५४ मा भएको विश्वकपमा पाँच खेल खेल्दे ११ गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.