विश्वकप खेलाइने रंगशाला 'निझ्नी नोभगोरोद' रंगशाला

विश्वकप खेलाइने रंगशाला 'निझ्नी नोभगोरोद' रंगशाला

आगामी जुन १४ तारिखदेखि रुसमा आयोजना हुने २१औं विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको नयाँ रंगशाला हो, निझ्नी नोभगोरोद। सन् २०१५ मा निर्माणकार्य सुरु गरिएको यो रंगशालाको काम सन् २०१८ मा पूरा भएको थियो। निझ्नी नोभगोरोद रंगशालाको दर्शक क्षमता करिब ४५ हजार रहेको छ। दर्शक क्षमताका आधारमा मध्यम श्रेणीको भए पनि यो रंगशालाको बाहिरी दृश्य निकै चित्ताकर्षक रहेको छ।

निझ्नी नोभगोरोद रंगशालाले एक लाख २७ हजार पाँच सय वर्गमिटर क्षेत्रफल ओगटेको छ। विश्वकप सकिएपछि भने यो रंगशालालाई रुसी प्रिमियर लिग क्लब एफसी ओलम्पिएट्स निझ्नी नोभगोरोद क्लबले आफ्नो घरेलु मैदानको रूपमा प्रयोेग गर्ने बताइएको छ। विश्वकप सकिएपछि यो रंगशालालाई अन्य खेलका लागि प्रयोग गरिनुपर्ने माग पनि उठ्दै आएको छ। सन् २०१७ मा गभर्नर भालेरी सान्तसेभले पनि यो रंगशालालाई विश्वकपपछि अन्य खेल र विभिन्न सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइने बताएका थिए।

यो रंगशालामा आगामी विश्वकपका ६ वटा खेल खेलाइने कार्यक्रम छ। विश्वकपको समूहगत चरणमा यो रंगशालामा स्विडेन र दक्षिण कोरिया (जुन १८) तथा अर्जेन्टिना र क्रोएसिया (जुन २१) बीचको खेल खेलाइनेछ। समूहगत चरणमै इङ्ल्यान्ड र पानामा (जुन २४) तथा स्विट्जरल्यान्ड र कोस्टा रिका (जुन २७) बीचको खेल पनि यही रंगशालामा खेलाइनेछ।

यसैगरी अन्तिम १६ टोलीबीचको एउटा खेल पनि जुलाई १ तारिखमा यो रंगशालामा खेलाइने कार्यक्रम छ। यसदेखिबाहेक जुलाई ६ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि निझ्नी नोभगोरोद रंगशालामा खेलाइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.