'उज्यालो व्यवस्थामा जनताको अनुहार मलिन हुन दिँदैनौं' - गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन

'उज्यालो व्यवस्थामा जनताको अनुहार मलिन  हुन  दिँदैनौं' - गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्त दिवसका अवसरमा मन्तव्य दिँदै, उज्यालो व्यवस्थामा जनताका मलिन अनुहार देखिन नहुने बताएका छन्। मंगलबार टुँडिखेलमा आयोजित गणतन्त्र दिसवमा आयोजित समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा वयक्त गरेका हुन ।

 ओलले मन्तव्यमा भनेका छन्– ‘गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’  व्यवस्था हो ।  यस्तो उज्यालो व्यवस्थामा जनताका मलिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य हामीले गर्नै पर्दछ । 

उनले गणतन्त्र स्थापना भएको दिनलाई कुनै वंश विषेशले नभइ जनताले चुनेका प्रतिनिधिले शासन गरुन भन्ने जनताको चहान पूरा भएको ऐतिहासिक दिन भनेका छन् । 

गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना दिँदै, गणतन्त्रले सार्वभौम सत्ता पूणरुपमा जनताको हातमा आएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भने,–‘जनतालाई जनता हैन रैती ठानिन्थ्यो ।

देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तीको पर्चा जस्तो माानिएको थियो । र, कानून संविधान र सबैभन्दा माथि त्यस्ता शासकलाई राखिन्थ्यो ।’  अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएको र जनतालाई नै पूर्ण सार्वभौम सत्ता सम्पन्न बनाएको दाबी गरे । 

तिनै तहका निर्वाचन गणतान्त्रिक संविधानको कार्यान्वय भइसकको भन्दै ओलीले गणतन्त्रको अवको बाटो विकास र समृद्धिको रहेको बताए ।  प्रगतीशील र जनपक्षीय सरकार भएकाले देश समृद्धिको मार्गमा अघि बढ्ने जिकिर प्रधानमन्त्री ओलीले गरेका छन् । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ


सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
संवैधानिकनिकायकाप्रमुखज्यूहरु,
माननीयमन्त्रीतथा संघीय संसदकामाननीय सांसदहरु    
कूटनीतिक नियोगकाप्रमुखहरू,
विशिष्ट अतिथिहरू,
सञ्चारकर्मी मित्रहरू, 

आजकै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं । जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन, कुनै वंश 
विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट संबोधन गरिएको थियो । 
यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका संपूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
‘पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’को लागि आप्mनो जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति आदरका साथ श्रद्धाञ्जली व्यक्तगर्दछु । 

कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ भनिन्थ्यो । जनतालाई जनता हैन रैती ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तीको पर्चा जस्तो माानिएको थियो । र, कानून संविधान र सबैभन्दा माथि त्यस्ता शासकलाई राखिन्थ्यो र

आजहामीले “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता”भन्ने शब्दबाट हाम्रो संविधानको प्रस्तावना शुरु गरेका छौं । 

यसरी जनता सर्वाभौम हुन् र सार्वभौमसत्ता केवल जनतामा मात्रै निहीत छ भन्ने संवैधानिक रुपमा लिपिवद्ध गरेका छौं ।
तसर्थ, यो गणतन्त्र दिवस जनताको दिवस हो । आम नेपालीको दिवस हो ।

गणतन्त्र दिवस, जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो ।  एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिनहो ।

लोकतान्त्रिक गणतन्त्र एक उन्नत विचार, दर्शन, मूल्य–मान्यतामा आधारित शासन पद्धति हो । त्यसैले आजको दिन, ‘जनताको अभिमतका आधारमा शासनसत्ता सञ्चालन हुने राजनीतिक प्रणाली स्थापना गर्ने’ नेपाली जनताको दशकौं देखिको आकाङ्क्षा पूरा भएको दिनहो । 

यो सामाजिक न्याय, प्रतिस्पर्धाका बीच श्रेष्ठता र योग्यता खोजिने प्रणाली पनि हो । समाजको विकास सँगसँगै गतिशील हुने यसको विशेषता हो ।

जसरी लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर हामीले लडेर स्थापना गरेको जीवन पद्धति हो, त्यसैगरी गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु ।

आज  हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धीहरू, विगतका राजनीतिक अभ्यास र गन्तव्यको परिणाम, प्राप्ति, समाप्ति, पुनप्र्राप्तिजस्ता परिघटनाबाट गुज्रिदै आर्जेको नेपाली मौलिकतामा आधारित उत्कृष्ट व्यवस्था हो।
विकास, समृद्धि, सुशासन एवं स्थिरता हाम्रो गन्तव्य हो । गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको  कार्य हाम्रो मुख्य अभियान हो । 

गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगै राख्न मिल्ने विषय होइनन् । सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन् ।

गणतन्त्रलाई संस्थागत गर्ने, संविधानलाई कार्यान्वन गर्ने र लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा हामीले तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेका छौं । केन्द्रमा प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार छ । सातै प्रदेश तथा ७५३ स्थानीयतहमा जननिर्वाचित सरकार क्रियाशील छ । 

सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ । 

छिमेकी र अन्यमित्र राष्ट्रहरुसँगको सम्बन्ध थप सुदृढ भएको छ । हाम्रा राष्ट्रिय आकांक्षा र आवश्यकताहरु पूरा गर्न, श्रोत–साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकुलता मिलेको छ ।  

यस्तो बेलामा यस मूल राष्ट्रिय भाव धारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वात्यस्ता कृयाकलाप कदापी उचित हुन सक्दैन । 

अहिले हामीले रोजगारीको अवसर सिर्जना गर्ने उत्पादन बृद्धिमा जोड दिएका छौं । उपभोगका बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आमजनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजनाहरु हाम्रा छनौट हुन् र अतिविपन्न, बृद्ध, बालबालिका, अपाङ्ग, असक्त र गर्भवती महिलाहरु जनसंख्याभित्रका हाम्रा प्राथमिकता हुन् । 

सबैलाई खाद्य व्यवस्था, सबैलाई आबास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थानविन्दू हो ।  गणतन्त्र नै वास्तवमा लोकतान्त्रिक व्यवस्था हो । यसै कारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषय मात्र होइन, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो । त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’  व्यवस्था हो । 

यस्तो उज्यालो व्यवस्थामा जनताका मलिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य हामीले गर्नै पर्दछ । त्यसकालागि दृढताका साथ आफ्नो कर्तव्य पूरा गर्न म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस दिवसका अवसरमा पुनःआह्वान गर्दछु । 

फेरी एकपटक दोह¥याउने अनुमति चाहन्छु, यो गणतन्त्र नेपाली जनताको विजयको प्रतीक हो । त्यसैले आज हामीले मनाइरहेको विजयोत्सव हामी सम्पूर्ण नेपालीको उत्सव हो । 
गणतन्त्र दिवस– २०७५ को शुभकामना ।
धन्यवाद ।
२०७५ वैशाख १५

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.