गणतन्त्र दिवसमा तीन कैदी रिहा

गणतन्त्र दिवसमा तीन कैदी रिहा

कालिकोट :  गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागार कार्यालय कालिकोटबाट तीनजना कैदी रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमका अनुसार ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका दुईजना कालिकोटका र एकजना जुम्लाका गरी तीनजना कैदी रिहा भएका हुन् । 

 
जसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका तथा चालचलन राम्रो भएका कालिकोट जिल्लाको साबिकको मेहेलमुडी २ निवासी कम्मबहादुर शाही, नानिकोट ४ निवासी जयसिंह सार्की र जुम्ला माहावै पातारखोला ६ निवासी निर्मलकुमार शाही रहेका छन् । रिहा भएका कैदीका आफन्तहरु जिल्ला कारागार कार्यालयमा आएर कैदी बुझी लिएको भरपाईसहित आफन्तको जिम्मा लगाइएको जिल्ला कारागार कार्यालयले जनाएको छ ।
 
यस्तै कालिकोटमा ११ औ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी व्यापकताका साथ मनाइएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख अनीपाल शाहीको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, पूर्वसांसद नमराज कोइराला, सम्पूर्ण राजनीतिक दलको तर्फबाट नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीलगायतका वक्ताले गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.