डडेल्धुरामा जीप दुर्घटना : वडा अध्यक्षसहित ४ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरामा जीप दुर्घटना : वडा अध्यक्षसहित ४ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरा : केआईसिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौला भन्ने स्थानमा से १ ज ३३० नम्बरको जीप दुर्घटनामा गाडी धनी अछाम घर भइ हाल दिपायल सिलगडी नगरपालिका ४ बस्दै आएका विनोद रावल, आर्दश गाउँपालिका वडा नं. २ का ४० वर्षीय वडा अध्यक्ष प्रेमबहादुर बोहरा र आर्दश गाउँपालिका २ कै ३५ वर्षीय लालबहादुर बोहरा र  १३ वर्षीया बालिका जानकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

 
तीनजनको घटनास्थलमै मृत्यु भएको छ भने एक बालिकाको उपचारका लागि उपक्षेत्रीय अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको हो। शैलेश्वरी यातायातको दिपायलबाट धनगढीतर्फ जाँदै गरेको बलेरो पिकअप जीप दुर्घटनामा परेको हो।जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। 

जीपमा ११ जना सवार रहेको ट्राफिक प्रहरी कार्यालय सकायलका इन्चार्ज राम रैस्वालले बताए।  घाइते चारजनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ भने तीनजनालाई रिफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ।

घाइतेमध्ये दुईजानालाई उपक्षेत्रीय अस्पतालबाट रिफर गरिएको छ भने अन्य पाँचजनाको उपक्षेत्रीयमा उपचार भइरहेको अस्पतालले जनाएको छ। घाइते करुणकुमार यादव र विस्णु विकलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जनाएको छ। घाइतेको खुट्टा, टाउको, कम्मर र हातमा चोटपटक लागेको अस्पतालले जनाएको छ।

सिलगढीबाट धनगढीका लागि छुटेको उक्त जीप डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको केआईसिहं राजमार्गको गजरौला नजिक दुर्घटना भएको हो।जीपमा सवार सबैजनाको सनाखत भइसकेको छ।सोमबार डोटीको गुगडामा भएको दुर्घटनाका घाइतेलाई उद्धार गरेको गाडी दुर्घटनामा परेको हो। 

बिरामीलाई उपचारका लागि धनगढीतर्फ लैजान लागेको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेले जनाएको छ।

घाइते हुनेमा आदर्श गाउँपालिका १६ वर्षीय हेमा बोहरा ,४६वर्षीय टेकबहादुर बोहरा, १५वर्षीय विनोद बोहरा, २१ वर्षीय नरेश बोहरा, १३ वर्षीया बिमला बोहरा, गाडी चालक डडेल्धुरा अमरगढी ५ का ३० वर्षीय विष्णु विक र शिराहा घर भएका २२ करुणकुमार यादव रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.