पूर्वाधार विकास बैंक सञ्चालनमा ल्याइने
काठमाडौं : पूर्वाधार विकास बैंक सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नीजि क्षेत्र र सरकारको साझेदारीमा पूर्वाधार बैंक स्थापना गरिने बताएका छन् । खतिवडाले आवश्यक नीतिगत व्यवस्था गर्न र पूर्वाधारका लागि बजेट छुट्याएको जानकारी दिए ।