अब कम्पनीमार्फतमात्र घरजग्गा खरिदबिक्री हुने
काठमाडाैं : सरकारले घरजग्गा खरिदबिक्रीमा कडाइ गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थिक वर्ष २०७५ र ७६ को बजेट प्रस्तुत गर्दै कम्पनीमार्फत बजेट विनियोजन गरिएको जानकारी दिए । घरजग्गा कारोबारमा कडाइ गरेको हो । बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था गरेको छ। कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले बताए । अनुमति लिएर मात्र जग्गा कारोबार हुने बजेटमा उल्लेख गरिएकाे छ ।