ढुंगेललाई माफीको पक्षमा सर्वोच्चको निर्णय
काठमाडौं : तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद माफीका लागि सर्वोच्च अदालतले मार्ग प्रशस्त गरिदिएको छ । सरकारले कैद माफीका लागि राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिसको पक्षमा निर्णय दिएपछि ढुंगेललाई कारबास मुक्त हुने बाटो खुलेको हो ।
सर्वोच्चका न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार ढुंगेललाई बाँकी कैद मिनहाका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको र सिफारिस सदर भइसकेको अवस्थामा रोक्न अन्तरिम आदेश दिनुनपर्ने निर्णय सुनाएको हो।
उनीविरुद्ध द्वन्द्वकालमा ओखलढुंगा पोकलीका एमाले कार्यकर्ता भुवन भनिने उज्ज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद सजाय सुनाइएको थियो ।