अन्रनबाली छाेडेर चियाखेती

अन्रनबाली छाेडेर चियाखेती

बाँसखर्क (सिन्धुपाल्चोक) ः बाँदर, बँदेललगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन नसकेपछि पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्कका बासिन्दाले चियाखेती सुरु गरेका छन्।

अन्नबाली जसरी चियाखेती वन्यजन्तुले नाश नगर्ने विश्वाससाथ स्थानीय एक वर्षदेखि चियाखेतीमा हौसिएका हुन्। एक हजार आठ सय मिटर उचाइको सो गाउँको ३७ परिवारका एक सय ६० रोपनी जमिनमा चियाखेती सुरु गरिएको पूर्वगाविस अध्यक्षसमेत रहेका स्थानीय अगुवा रेक्पा तामाङले बताए। ‘परम्परागत अन्नबाली वन्यजन्तुबाट जोगाउन नसकेपछि बाँझो बनेको फाँटमा चियाखेती सुरु गरेका हौं’, स्थानीय रूपमा गठित समितिका अध्यक्षसमेत रहेका रेक्पाले भने, ‘स्थानीयले बाँझो जमिनबाट आम्दानीको बाटो पहिल्याउनुपर्छ भन्ने मान्यताले चियाखेती सुरु गरेका छौं।’ रेक्पाले बाँझो रहेको आफ्नो ३५ रोपनी जमिनमा १५ हजार बिरुवा लगाएका छन्।

छिमेकीले कतैबाट ल्याएर चार वर्षअघि रोपेको एक बोट चिया फस्टाएको देखेर खेती सम्भव रहेको ठानी बिरुवा लगाएको रेक्पा बताउँछन्। चियाखेतीको सम्भावना देखेपछि सुरु गर्ने स्थानीयको सोचलाई केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले बिरुवा उपलब्ध गराएर साथ दिएको रेक्पाले बताए। बिरुवासँगै प्राविधिक सहयोग र सिँचाइको व्यवस्थासमेत संस्थाले गरिदिएपछि आफूहरूले चियाखेती सुरु गरेको तीन रोपनी जमिनमा एक हजार तीन सय ५० बिरुवा लगाएकी सीता श्रेष्ठले बताइन्। अन्नबाली भिœयाउन नपाएका बेला चियाको अवधारणा आएपछि आफू हौसिएको उनको भनाइ छ। यस वर्ष थप १२ रोपनी जमिनमा चियाको बिरुवा लगाउने उनले तयारी गरेकी छन्।

बर्सेनि लगाएको अन्न बाली जोगाउन नसकेर हैरान बुरन तामाङले सात रोपनी जमिनमा तीन हजार बिरुवा लगाएका छन्। उनको बारीमा मकै, कोदो, फापर जे बाली लगाए पनि बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले घरमा भित्रयाउन नदिएपछि पछिल्लो केही वर्ष बाँझै राखेको जमिनमा गत वर्षबाट चियाको बिरुवा लगाएका हुन्। उनका छिमेकी रेक्पाले चियाखेती गर्दा वन्यजन्तुले नाश गर्न नसक्ने जानकारी दिएपछि हौसिएर गत वर्षको असारमा चियाको बेर्ना सारेको चियाका बिरुवा गोडमेल गर्दै गरेको भेटिएका बुरनले बताए। ‘एक वर्ष भयो अबको तीन वर्षपछि उत्पादन दिन थाल्छ रे’, प्राविधिकलाई उद्धृत गर्दै उनले भने, ‘अन्न बाली भन्दा पक्कै नाफा हुन्छ होला।’

सुरुमा मलखाद र सिँचाइ व्यवस्थापनमा केही ढिलाइ हुँदा बिरुवामा समस्या आए पनि अहिले सामान्य अवस्थामा फर्किसकेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले खटाएकी कृषि प्राविधिक आशा चौधरीले बताइन्। बाँझो जमिनमा दीर्घकालीन र व्यावसायिक खेती होस् भन्ने उद्देश्यले चियाखेतीमा सहयोग गरेको सेवा केन्द्रका कार्यक्रम संयोजक कुमार थापाले बताए।

वडाध्यक्ष सूर्यमान दोङले क्रमशः खेतीको विस्तार गरेर बाँसखर्कलाई चियाको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको बताए। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले चियाखेती विस्तारमा स्थानीय तहले पनि सहयोग गर्ने वचन दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.