विश्वकप खेलाइने रंगशाला 'कसमस एरिना'

विश्वकप खेलाइने रंगशाला 'कसमस एरिना'

आगामी जुनमा रुसमा आयोजना हुने विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको कसमस एरिना सामरामा रहेको छ। फुटबलसँगै अन्य थुप्रै खेलका भौतिक संरचनासमेत रहेको कसमस एरिनालाई सामरा एरिनाको नामबाट पनि चिनिन्छ। कसमस एरिनामा तयार पारिएको फुटबल रंगशाला भने करिब ४५ हजार दर्शक क्षमताको रहेको छ।

यो एरिना तयार पार्न चार वर्ष समय लागेको थियो। सन् २०१४ मा निर्माणकार्य प्रारम्भ गरिएको कसमस एरिना सन् २०१८ मा तयार भएको हो। सन् २०१८ को अप्रिल २८ तारिखमा यो रंगशाला खुला गरिएको हो। यो एरिना तयार पार्न ३२ करोड अमेरिकी डलर खर्च भएको थियो। यो रंगशालामा केही घरेलु प्रतियोगिता खेलाइए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भने आयोजना गरिएको छैन।

आगामी विश्वकपमा यो रंगशालामा ६ वटा खेल खेलाइने कार्यक्रम छ। समूहगत चरणमा कोस्टा रिका र सर्बिया (जुन १७) तथा डेनमार्क र अस्ट्रेलिया (जुन २१) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी समूहगत चरणमै उरुग्वे र आयोजक रुस (जुन २५) तथा सेनेगल र कोलम्बिया (जुन २८) बीचको खेल पनि यही रंगशालामा खेलाइनेछ।

यसैगरी जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एउटा खेल पनि यो रंगशालामा हुनेछ। यसका अतिरिक्त जुलाई ७ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि यो रंगशालामा खेलाइने कार्यक्रम छ। आगामी विश्वकप रुसका ११ सहरका १२ वटा रंगशालामा खेलाइँदै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.