हत्या* गरिएको भनिएका रूसी पत्रकार जीवितै भेटिए

हत्या* गरिएको भनिएका रूसी पत्रकार जीवितै भेटिए

किभ ः पश्चिमा सञ्चारमाध्यमले हत्या* भएका पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रूसी पत्रकारको गोली हानी उनको हत्या* गरिएको समाचार एएफपी, एपी र रोयटर्ससहितका समाचार एजेन्सीहरूले दाबी गरेका थिए।

उनको हत्या* युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो। ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या* गराइएको समाचार सम्प्रेषण गरिएका थिए।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनी के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलाइएको थिएन। घटनापछि प्रहरीेले अनुसन्धान सुरु भएको जानकारी दिएको थियो।

सच्याइएको*: समाचार एजेन्सी रासस/एएफपीलार्इ उधृत गर्दै यसअघि सम्प्रेषित रूसी पत्रकारको हत्यासम्बन्धी समाचार उनी जीवितै भेटिएको पुष्टि भएपछि सुधारसहित संशोधन गरेका छौँ । यसबाट हाम्रा पाठकमाझ पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ । पाठकमाझ भ्रम पर्न जाने भएकाले यसअघि सम्प्रेषित समाचारलार्इ यहाँबाट हटाएका छौँ । रूसी पत्रकार जीवितै रहेको सम्बन्धी समाचार यहाँ क्लिक गरेर विस्तृतमा पढ्न सक्नुहुनेछ । -सम्पादक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.