यौन सम्पर्ककै क्रममा इच्छाको मृत्यु भएको खुलासा

यौन सम्पर्ककै क्रममा इच्छाको मृत्यु भएको खुलासा

रुकुम(पश्चिम) : रुकुम(पश्चिम)को सदरमुकाम मुसीकोट नगरपालिकाको सहिद मैदानमा मंगलबार बिहान भेटिएको शव यौन सम्पर्ककै क्रममा मृत्यु भएपछि फालिएको अनुसन्धानबाट खुलेको छ। 

मंगलबार बिहान ३८ वर्षीया इच्छा बुढा (बिसी)को शव सहिद मैदानमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर इच्छाको मृत्यु यौन सम्पर्ककै क्रममा भएको खुलेको बताएको हो। प्रहरीले  घटनामा संलग्न भएको आरोपमा मुसीकोट नगरपालिका १ का १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ।

बादीलाई मंगलबारै पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। प्रहरी अनुसन्धानबाट बादीले सोमबार राति इच्छासँग यौन सम्पर्क गरेको खुलेको छ। यौन सम्पर्कककै क्रममा इच्छाको मृत्यु भएपछि बादीले शव ढलमा लगेर फालेको डीएसपी खड्काले जानकारी दिए। 

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।  सिस्ने गाउँपालिका ६ रुकुमकोट घर भएकी इच्छा मुसीकोट नगरपालिका १ खलंगामा बस्दै आएकी थिइन्। पुथाउत्तरगंगा गाउँपालिका १० माइती भएकी इच्छाको रुकुमकोटमा विवाह भएको थियो। उनको सम्बन्ध विच्छेद भइसकेको स्थानीयले बताएका छन्। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.