विद्यार्थी फेल गराउने शिक्षा प्रणाली अपराधी छ : प्रधानमन्त्री ओली

विद्यार्थी फेल गराउने शिक्षा प्रणाली अपराधी छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताएका छन्। बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली अपराधी भएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक-फरक क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिएर बच्चालाई असफल बनाउँदै ठूलो अन्याय गरेको बताए । ‘असाधरण क्षमता भएका साना नानीलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘ति बच्चा फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हुँदै छ ।’  बच्चाको क्षमता पहिचान गरेर रुचीको विधामा उनीलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको स्वीकार गर्दै शिक्षकलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकलाई अध्ययन गर्ने बानी गर्न आग्रह गरे । ‘पढाउन नजान्ने शिक्षक राखेर हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘सबै शिक्षकले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहोस् । विषयवस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?’ अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भीर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.