साइबर सुरक्षासम्बन्धी शिखर सम्मेलन हुँदै
काठमाडौँ: इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम नेपालको आयोजनामा यही जुलाई २७ र २८ तारिखमा साइबर सुरक्षा शिखर सम्मेलन हुने भएको छ ।
'साइबर सुरक्षाका लागि विश्वव्यापी सञ्जाल' निर्माणको मूल उद्धेश्यसहित यो सम्मेलन हुन लागेको हो । यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षासमबन्धी समस्याको समाधानका लागि पूर्वाधार विकास आदिमा छलफल हुने भएको छ।
यो सम्मेलन साइबर सुरक्षाको तयारी तथा बदलिँदो परिदृश्यमा व्यवासयिक उद्धेश्य र सुरक्षा खतरासँग जुध्ने रणनीति पनि तय गरिने भएको छ ।
यो सम्मेलनमा साइबर कानुनको विश्लेषण तथा वर्तमान विश्वमा साइबर नीति र साइबर सुरक्षाबारेमा पनि बहस गरिने भएको छ । त्यसैगरी साइबर सुरक्षामा त्यस्ता क्षेत्रको पहिचान गरिनेछ जहाँ व्यवसायीको अपेक्षा र आवश्यकता पूरा गर्नका लागि प्राथमिकता दिने विषयमा पनि छलफल हुने भएको छ ।
त्यसैगरी सम्मेलनले साइबर सुरक्षालाई जोड दिँदै त्यसका लागि विश्वव्यापी सञ्जाल निर्माणको पनि पहल गर्ने भएको छ । सम्मेलनबाट साइबर सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ भने साइबर सुरक्षामा आफूहरुको उपस्थितिलाई सशक्त बनाउने पनि पहल गर्ने भएको छ।
सम्मेलनमा साइबर सुरक्षाका चुनौतीहरुसँग जुध्नका लागि रोकथामका उपाय, समस्या पहिचान, विश्लेषण गर्दै एकअर्काको ज्ञान लेनदेनलाई पनि विशेष जोड दिइने भएको छ ।