मुल्य बढाउँदा फ्रान्समा एक वर्षमा १० लाखले धुमपान त्यागे, नेपालमा के होला त ?
पेरिस : फ्रान्समा एक वर्षको अवधिमा १० लाखले धुमपान छोडेका छन् । २०१६ देखि २०१७ कोबीचमा गरिएको अध्ययन अनुसार १० लाख बढीले धुमपान छोडेको पाइएको छ । पब्लिक हेल्थ फ्रान्सले गरेको अध्ययन अनुसार याे एक वर्षमा एक दशकमा सबैभन्दा बढी धुमपान गर्ने संख्यामा गिरावट भएको हो ।
अध्ययन अनुसार कम आमदानी हुने वर्गदेखि युवामा समेत धुमपान गर्ने संख्यामा कमी आएको छ । पछिल्लो समयमा फ्रान्सले धुमपान विरोधी अभियान सुरु गरेको छ । अध्ययनले अभियानका कारणले धुमपान गर्ने सख्यामा कमी आएको हुने सक्ने बताएको छ ।
फ्रान्समा तमाखुको उत्पादनको न्यूट्रल प्याकेजिङ, तमाखुको विकल्प अप्नाउनेहरुलाई पुरस्कृत गर्न थालिएको छ भने धुमपान न्यूनिकरण गर्न सिगरेटको मुल्य बढाउने र राष्ट्रिय तमाखु मुक्त अभियान सुरु गरिएको छ ।
अध्ययन अनुसार २०१७ मा १८ देखि ७५ वर्षका २६.९ प्रतिशतले धुमपान गर्थे ।२०१६ मा यो आँकडा २९.४ प्रतिशत थियो । यो अवधिमा फ्रान्समा धुमपान गर्ने संख्या १ करोड ३२ लाखबाट घटेर १ करोड २२ लाख भएको छ ।
स्वास्थ्यमन्त्री एग्नेस बुन्जिनले गरिबहरुले पनि धुमपान छोड्कोमा स्वागत गरेका छन् । ‘तमाखुले मानिसलाई असमानतातर्फ धकेल्न सक्छ,यसले मानिसको जीवनलाई नरक बनाइदिन्छ,’उनले भने ।
विश्वका १० जना मध्ये एक जनाको धुमपानबाट मृत्यु हुने गरेको छ । चीन, भारत, अमेरिका र रुसमा सबैभन्दा बढी घुमपानबाट मानिसको मृत्यु हुने गरेको छ । पछिल्लो समयमा धनी देशबाट मध्यम आय भएका देशमा धुमपान महामारीको रुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिगरेटको प्याकेटमा छापिने तस्बिर र चेतावनीका कारणले धुमपानको लतमा कमी आइरहेको छ ।
मुख्य बढाएर धुमपान न्यूनिकरण अभियान चलाउँदा फ्रान्समा एकै वर्षमा १० लाखे घुमपान छोडेका छन् , नेपालमा पनि अहिलेको बजेटमा सिगरेटको मुल्य बढाइएको छ । प्रति खिल्ली चुरोटको मुल्य २० बाट २५ बनाइएको छ । के अब मुल्य बढ्दा नेपालमा धुमपान गर्नेको संख्या घट्ला त ?