नेकपा संसदीय दलको उपनेता नेम्वाङ, गुरुङ सचेतक
![नेकपा संसदीय दलको उपनेता नेम्वाङ, गुरुङ सचेतक](https://annapurnapost.prixacdn.net/media/albums/subash_nembang_dev_gurung_20180530111414_tkOuDWcIvI.jpg)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले चार नेतालाई जिम्मेवारी तोकेको छ । सुवास नेम्वाङ संसदीय दलको उपनेता बनेका छन् भने देव गुरुङ प्रमुख सचेतक भएका छन् ।
त्यसैगरी शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिइएको छ । सँगै राष्ट्रियसभा तर्फ नेकपाको दलको नेता दिनानाथ शर्मा बनेका छन् । यसअघि नै संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गरेको थियो ।
नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले पनि नेकपा संसदीय दलको बैठक जारी छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)