डिलरलाई मेघा लुब्रिकेन्ट्सको सात दिने टुर प्याकेज

डिलरलाई मेघा लुब्रिकेन्ट्सको सात दिने टुर प्याकेज

काठमाडौँ: मेघा लुब्रिकेन्टसले आफ्नो उत्पादनलाई धेरै बिक्री गर्ने डिलरहरुलाई थाइल्यान्ड र कम्बोडिया घुमाउन लाने भएको छ । 

यस वर्षका उत्कृष्ट बिक्रेतालाई जेठ १६ देखि २३ सम्म कम्बोडिया र थाइल्यान्ड भ्रमण गराउन लागेको हो । मेघा लुब्रिकेन्टसले केही बर्षदेखि नेपालभर मेघा लुब्रिकेन्टसको बिक्री गर्दै आएको छ । 

आफ्ना उत्कृष्ट डिलरहरुलाई विभीन्न देशको लुब्रिकेन्टस उद्योग अवलोकन गराउने क्रममा अघिल्लो वर्ष इन्डोनेशियाको भ्रमण गराएको थियो  ।

यो वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको लुब्रिकेन्टस प्रालिका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । यस वर्ष यो भ्रमणमा सातजना उत्कृष्ट डिलरहरु छानिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.