एकताको छलफलका लागि राप्रपाका तीन नेतालाई जिम्मेवारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विचार मिल्ने दलसँग एकताका लागि छलफल अगाडि बढाउने भएको छ । बुधबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विचार मिल्ने दलसँग एकताका लगि छलफल गर्ने जिम्मेवारी दुई उपाध्यक्ष र महामन्त्रीलाई दिएको हो ।
नेता मोहन श्रेष्ठका अनुसार विचार मिल्ने दलसाँग एकताको विषयमा छलफल गर्ने जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनलाई दिइएको हो।