कांग्रेस बचाउन केबी गुरुङको देशव्यापी अभियान

कांग्रेस बचाउन केबी गुरुङको देशव्यापी अभियान

सचित राई 

काठमाडौं : कांग्रेस नेता कुलबहादुर गुरुङले पार्टीलाई पहिलेजस्तै मजबुत बनाउने भन्दै अभियान थालेका छन्। चुनावमा टिकट वितरणलगायत कामप्रति पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट बनेका नेता गुरुङ अहिले देशव्यापी अभियानमा जुटेका हुन्।

‘अहिले कांग्रेस कार्यकर्ताको गला अवरुद्ध भएको मैले देखेको छु। मैले अहिले पुराना कांग्रेस नेताहरूमा निराशा पाएको छु। तरुण पुस्तामा विद्रोहको भावना पाएको छु’, बीपी विचार राष्ट्रिय समाजका अध्यक्षसमेत रहेका उनले बुधबार काठमाडौंमा केही पत्रकारसँग भने, ‘स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसको नराम्रो पराजय भयो। हारको जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यसमितिले लियो तर ती कारण के के हुन् ? जनता जान्न चाहन्छन्।’

कांग्रेस नेतृत्वले हारको कारण भन्न नसकिरहेको आरोप उनले लगाए। ‘कांग्रेस किन आज प्रभावकारी प्रतिपक्ष रहेन ? सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्ने संख्या र हैसियत पनि छैन भने सदनमा हाम्रो भूमिका के होला ?’, उनले भने, ‘जुन दिन कांग्रेस समाप्त हुन्छ, त्यो दिन प्रजातन्त्र पनि समाप्त हुन्छ, राष्ट्रियता पनि समाप्त हुन्छ, कांग्रेस त्यही बाटोतिर गइरहेको छ।’ 

उनले कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ भनेर अभियानमा लागेको सुनाए। ‘के कांग्रेस गणतन्त्र स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो ?’, उनले प्रश्न गरे, ‘होइन भने किन कांग्रेसबाहेक दल एक हुनुप¥यो ? यी र यस्तै गम्भीर प्रश्नहरू उठेका छन्।’

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा जाहेर गरेर अभियान थालिएको समाजका सहअध्यक्ष गोविन्दराज जोशीको भनाइ छ। उनका अनुसार कांग्रेस केन्द्रले चुनावमा पराजयको जिम्मेवारी लिए पनि किन पराजय भोग्नुप¥यो भन्ने प्रश्न उब्जिएको छ। यसका लागि सातै प्रदेशमा भेला गर्न थालिएको उनले सुनाए। ‘प्रदेश ४ मा हाम्रो भेला सम्पन्न भइसकेको छ’, उनले भने, ‘प्रदेश ३ को भेला जेठ १८ गते हुँदै छ, विराटनगर र जनकपुर भेलाको मिति चाँडै टुंगो लाग्नेछ।’

समाज पार्टीमा गुटका रूपमा नरहेको दाबी नेता विनयध्वज चन्दले गरे। बीपी विचार र सिद्धान्तको पक्षमा वकालत गरिरहेको उल्लेख गर्दै उनले पार्टीमा अहिलेसम्म भागबन्डा नखोजेको सुनाए। जोशीले सत्ताका लागि पार्टी नेतृत्वले सिद्धान्त लत्याएको आरोप लगाउँदै भने, ‘अहिले कांग्रेस किन अछूत भयो ? गम्भीर प्रश्न उब्जिएको छ।’

गुरुङले चुनावी समीक्षा गर्न वैशाख दोस्रो साता बसेको बैठकमा १३औं महाधिवेशनमा सभापति पदमा देउवालाई गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका थिए। गम्भीर अवस्थाबाट पार्टीलाई बचाउन आफ्नो उमेरको कुनै परवाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो महासुस गरेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.