प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : प्रदेश ४ को पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : प्रदेश ४ को पहिलो जित

काठमाडौं : हरिबहादुर चौहानले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ४ ले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ४ ले प्रदेश १ लाई एक सय २९ रनले हरायो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी प्रतियोगितामा प्रदेश ४ ले पहिलो जित हात पारेको हो। यसअघि पहिलो खेलमा एपीएफसँग पाँच विकेट पराजित भएको प्रदेश ४ दोस्रो खेलमा प्रदेश २ सँग ६७ रनले पराजित भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ५० ओभरको ओभरमा सात विकेट गुमाएर तीन सय १० रनको विशाल योगफल खडा गरेको थियो।

चौथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका चौहानले एक सय १५ बल खेल्दै १०० रन बनाए। प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। यसअघि एपीएफविरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पाली खेलेका थिए। चौहानले छैटौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर एक सय ३६ रनको शतकीय साझेदारी गरेपछि प्रदेश ४ ले विशाल योगफल खडा गरेको थियो। घिमिरेले पनि विस्फोटक ब्याटिङ गर्दै ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रनको बनाए। प्रदेश १ का पुष्प थापा र सन्दीप ढुंगानाले दुईदुई विकेट लिए।

तीन सय ११ रनको लक्ष्य पछ्याएको १ नम्वर प्रदेश ३५ ओभरमा एक सय ८१ रनमै समेटियो। प्रदेश १ का लागि ओपनर सन्दीप ढुंगानाले ७१ रनको अर्धशतकीय पाली खेले पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन नसक्दा पराजय बेहोर्नु प¥यो। प्रदेश १ का मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए। प्रदेश ४ का हरिबहादुर चौहानले ह्याट्रिकसहित चार तथा विपिन खत्री र राजु गुरुङले दुईदुई विकेट लिए। हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए। ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्लू धरापमा पारे। ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे। अलराउन्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ दी म्याच चुनिए।

प्रतियोगिताअन्तर्गत बुधबार मुलपानी मैदानमा तय भएको प्रदेश ५ र प्रदेश ७ बीचको खेल भने वर्षाका कारण रद्द भएको छ। बुधबार बिहान परेको वर्षाका कारण खेल निर्धारित समयभन्दा करिव दुई घण्टा ढिला सुरु भएको थियो। ३८ ओभरमा झारिएको खेलमा प्रदेश ७ ले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो।

प्रदेश ७ ले ८ ओभर खेलेर दुई विकेटको क्षतिमा १९ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रोकिएको थियो। प्रदेश ७ का कप्तान सुरेन्द्र चन्द दुई रनमा रन आउट भए। अर्का ब्याट्सम्यान सञ्जु दमाईको विकेट प्रदेश ५ का कप्तान शक्ति गौचनले लिएका थिए। भारी वर्षाका कारण मैदानमा पानी जमेपछि खेल रद्द गरिएको थियो। खेल नभएपछि दुवै टोलीले एकएक अंक बाँडेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.