हत्या गरिएका भनिएका पत्रकार जीवितै भेटिए !
एजेन्सी
उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो। ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या गराइएको समाचार सम्प्रेषण गरिएका थिए।
राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनी के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलाइएको थिएन। उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको जानकारी दिएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धमा उनले केही समयअघि निकै समाचार लेखेका थिए। उनी रूसका चर्चित र खोज पत्रकार मानिन्छन्। युक्रेनको राजधानी किभमा मंगलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको बताइएको थियो।
उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको थियो। यद्यपी अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रूपमा हत्या भएको संकेत मिलेको पश्चिमा सञ्चारमाध्यमले जोडतोले उल्लेख गरेका थिए। अर्कादी बाब्चेन्को ४१ वर्षका छन्। उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रूसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए।
उनकी श्रीमतीलाई उद्धृत गर्दै उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर भएका समाचार सार्वजनिक भएका थिए। उनी रूसको आलोचकका रूपमा किभमा मारिने दुई वर्षयताका दोस्रो पत्रकार भएको भन्दै रूसको कडा आलोचना गरिएको थियो। किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ।’
उनले रूसको विपक्षी दलको समर्थनमा प्रकाशित पत्रिका नोभिया गाजेतामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने काम गर्थे । उनका लेख रुसमा चर्चित छन्। । उनलाई पछाडिबाट गोली हानिएको र अचेत अवस्थामा भुईँँमा लडेको अवस्थामा एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाइ थियो । रूसले आफूलाई मार्ने धम्की आएको उनले बताएको चर्चा गर्दै हत्यामा रूसी संलग्नता पुष्टि गर्न खोजिएको थियो । त्यसलगत्तै उनले रूस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका थिए । गत वर्षदेखि उनी त्यहीँ बस्दै आएका छन् ।
सुरुमा सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटिएका थिए । रूसी राष्ट्रपति पुटिनका आलोचक रूसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेको हुनाले उनी त्यहँ बस्दै आएको जनाइएको थियो । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् । रूस विरोधी नेता र पत्रकारका लागि पछिल्ला केही वर्षमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुस भएको दाबी गरिएको थियो ।