दाहाल निवासअघि मात्रै कालोपत्रे

दाहाल निवासअघि मात्रै कालोपत्रे

ललितपुुर ः हिजोआज ललितपुुर महानगरपालिका–१५ ढोलाहिटीस्थित नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल निवासअघिको सडक चिल्लो, सफासुुग्घर र चिरिच्याट्ट छ। वरिपरिका अरू सडक भने पहिलेजस्तै हिलाम्मे, खाल्डाखुुल्डी परेका र ढल फुुटेका अव्यवस्थित छन्। महानगरको वडा नम्बर १५ को पहलमा ढल, पेटी र बिजुुलीका पोल व्यवस्थापन गरी सडक विभागले कालोपत्रे गर्दा दाहाल निवासअघिको ४ सय मिटर सडक यसरी सिँगारिएको हो।

उनको निवासअघिको सडक निर्माणको काम केही महिनाअघि मात्रै सुुरु भएको हो। मूल सडकदेखि दाहाल निवाससम्म जोडिने सडकको कालोपत्रे सक्न सडक विभागले ‘शान्ति निर्माण सेवा’ कम्पनीलाई जिम्मा दिएको थियो। पहिलाको कालोपत्रे भत्किएकाले फेरि पिच गरिएको महानगरपालिका–१५ का वडाध्यक्ष सुुदर्शन मि श्रले बताए। ‘भीआईपी बस्दै आएको ठाउँमा सडक राम्रो बनाउन वडाले पहल गरेको हो’, उनले भने।

दाहाल निवास वरपरको सडक कालोपत्रे गरिए पनि ढोलाहिटीकै अन्य बाटोको अवस्था भने दयनीय छ। आफूहरूको टोलको सडक भने बिरामीलाई गाडीमा राखेर हिँड्न नसकिने अवस्थाको रहेको ढोलाहिटी हाइटमा बस्दै आएका पवन राईले गुुनासो गरे। ‘भीआईपी बस्ने ठाउँमा मात्रै सडक राम्रो बनाउने र जनताले दुुःख मात्रै पाउने त ? ’, उनले भने।

दाहाल निवास छिर्ने मूल सडकखण्डसँग जोडिएको चापागाउँ–ढोलाहिटी सडकखण्ड भत्काएको वर्षौं भइसक्यो। बर्खाको समयमा यो सडक हिँडिनसक्नुु हुुन्छ। खाल्डाखुुल्डी, हिलो, धूलोमैलो, प्रदूषणले यो सडकको विकल्पमा नखिपोट रुटबाट सवारी चलाउनुुपर्ने बाध्यता छ। पानी पर्दा स्थानीय यो सडकखण्डबाट सवारी आवतजावत गराउन सक्दैनन्। ‘मूल सडकबाट हिँड्न मुुस्किल छ। घुुम्नै परे पनि नखिपोटबाटै हिँड्छुु’, नखिपोट रुटबाट दिनहुँ कार्यालय आउजाउ गर्दै आएका ढोलाहिटीका रञ्जन बस्नेतले भने, ‘यहाँका स्थानीयले दाहाल निवास वरिपरि मात्रै किन कालोपत्रे गरियो भनेर स्थानीय तहमा प्रश्न उठाएका छन्।’


दाहाल निवास वरपरको सडक कालोपत्रे गरिए पनि ढोलाहिटीकै अन्य बाटोको अवस्था भने दयनीय छ।

सडक विभागका महानिर्देशक प्रकाशचन्द्र भण्डारीले भने विभिन्न कम्पनीले निर्माणको जिम्मा लिएकाले एकै चोटि काम सक्न गाह्रो भएको प्रतिक्रिया दिए। चापागाउँ–ढोलाहिटीखण्डको ६ सय मिटर सडक पनि चाँडै कालोपत्रे गरिने उनको दाबी छ। यतिबेला ढोलाहिटी बसपार्कअघि मेलम्चीको ट्यांकी निर्माण भइरहेको छ। सडकमा तीनवटा पाइपलाइन राख्नुुपर्ने भएकाले सडक निर्माणमा विलम्ब भएको उनले बताए। ‘खानेपानीले समयमै काम सक्यो भने हामी तुुरुन्तै ग्राभेल गर्छौं, नत्र भदौ या मंसिरमा मात्रै अरू सडकको काम सकिन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.