कोरिया–अमेरिका वार्ताको तयारी

कोरिया–अमेरिका वार्ताको तयारी

 मस्को : रूसका विदेशमन्त्री सर्गेई लाभरोभ परमाणु कार्यक्रम र द्विपक्षीय सहयोगबारे छलफल गर्न बिहीबार उत्तर कोरिया प्रस्थान गर्दै छन्।

रूसी विदेश मन्त्रालयदे भनेको छ, ‘हाम्रा विदेशमन्त्री सर्गेई लाभरोभ ३१ मेमा उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ।’ लाभरोभ र उनका उत्तर कोरियाली समकक्षीबीच द्विपक्षीय सम्बन्ध, उत्तर कोरियाको परमाणु कार्यक्रम लगायत अन्य प्रमुख अन्तर्राष्ट्रिय समस्याका बारेमा छलफल हुनेछ। गत महिना उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले लाभरोभसँग मस्कोमा भेटवार्ता गरेका थिए। उत्तर कोरियाले अन्तर्राष्ट्रिय शक्तिसँग आफ्नो सम्बन्ध सुधार गरिरहेको छ। रूसी विदेशमन्त्रीको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ताको तयारी भइरहेका बेला भएको छ। उत्तर कोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धका कडाइ गरे, उसले तत्काल परमाणु हतियार त्याग गर्ने अमेरिकी बुझाइ छ। आफूले सबै हतियार नष्ट गरे अमेरिकाबाट धोका हुनसक्ने उत्तर कोरियाको आशंका छ। आफूले हतियार नष्ट गरेसँगै अमेरिकाले दक्षिण कोरियामा आफ्नो सेना तैनाथ गर्ने कुराले ऊ सशंकित छ। यसबाट आफूमाथि खतरा रहने उत्तर कोरियाको भनाइ छ।

चीनसँगको छलफलपछि उत्तरका अधिकारी अमेरिकामा

बेइजिङ

उत्तर कोरियाली जर्नेल एवं सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार बेइजिङबाट अमेरिका प्रस्थान गरेका छन्। मंगलबार उनी बेइजिङ आइपुगेका थिए। उनले चिनियाँ अधिकारीसँग भेट गरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराएका छन्। आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ। सोही वार्ता सफल बनाउन उनी अमेरिकातर्फ लागेका हुन्। जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र मानिन्छन्। अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली विशेष दूत किम अमेरिका आउँदै गरेको बताएका छन्। उनको आगमनपछि वार्ताले थप प्रगति हुने अमेरिकी भनाइ छ। ट्रम्पले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएको र त्यसले विविध पक्षसँग छलफल गरिरहेको जानकारी दिएका छन्।

उक्त वार्ता सफल बनाउन केही उत्तर कोरियाली अधिकारी अमेरिका भ्रमणमा छन्। अमेरिकी अधिकारी पनि हाल कोरियाली प्रायद्वीपमा व्यस्त छन्। अमेरिकी अधिकारीको नेतृत्व ह्वाइट हाउसका उपसचिव जोय हाजिनले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.